आज :

ओमानमाथि ८ विकेटको  जितसँगै इंग्ल्याण्डको सुपर एटमा पुग्ने सम्भावना यथावत

  • अनलाइन डबली

काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो ।

बलिङतर्फ उत्कृष्ट प्रदर्शनका कारण ओमानको टोली ४७ रनमा मात्रै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

इंग्ल्याण्डका लागि खेल एकतर्फी रह्यो । ओमानका सोहेव खानले ११ रन बनाउँदा अरु १० ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । ओमानले विश्वकप २०२४ का सबै खेल हारेको छ ।

इंग्ल्याण्डका स्पिनर आदिल रसिदले ४ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरले ३–३ विकेट लिए ।

४८ रनको जवाफी लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका कप्तान जोस बटलरले २४ रन बनाए । उनले ८ बल फेस गर्दा १ छक्का र चार चौका प्रहार गरे । यसैगरी फिल साल्ट १२ रनमा आउट हुँदा ३ बल फेस गरे । उनले २ छक्का प्रहार गरे । दोस्रो विकेटको रुपमा विल ज्याक ५ रनमा पभेलियन फर्किएका थिए । कप्तान बटलरलाई जोनी वेरिस्टोले २ बलमा ८ रनकोन टआउट पारि खेल्दै साथ दिएपछि इंग्ल्याण्डले सहजै जित निकाल्न सफल भयो ।

यो जितसँगै इंग्ल्याण्डको प्लेअफको आशा बढेको छ । स्कटल्याण्डको ५ अंक छ । इंग्ल्याण्डको ३ अंक छ । इंग्ल्याण्डलाई ठूलो अन्तरले जित्न आवश्यक थियो । अब स्कटल्याण्डले अन्तिम खेलमा अष्ट्रेलियासँग पराजय भोगेमा र इंग्ल्याण्डले नामेवियालाई पराजित गरेमा सुपर एटमा पुग्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal