Skip
आज :

विश्वकप : युगान्डा १ सय ३४ रनले पराजित, वेस्ट इन्डिजको लगातार दोस्रो जित

  • अनलाइन डबली

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भयो । खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो ।

समूह सीमा रेहका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० खेल भएको हो। युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाए । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् । युगान्डालाई सस्तैमा रोक्न वेष्टइन्डिजका अकिल हुसैनले सर्वाधिक ५ विकेट लिए ।

हुसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिँदा अल्जारी जोसेफले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे ।  यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक÷एक विकेट लिए ।

गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले सर्वाधिक ४४ रन, रोभमन पावलले २३ रन  ,निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए । यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट पारि खेले । युगान्डाका बसिन मासाबाले २ विकेट लिए।

दुई पटकको विश्व विजेता वेस्ट इन्डिज लगातार दोस्रो जितपछि समूह सीमा ४ अंक बनाएको वेस्टइन्डिज दोस्रो स्थानमा छ । शीर्ष स्थानमा समान अंकका साथ अफगानिस्तान रहेको छ । अफगानिस्तान रनरेटका आधारमा अगाडि रहेको छ । यसैगरी युगान्डा २ अंकका साथ तेस्रो स्थानमा रहँदा पपुवा न्युगिनी र न्युजिल्याण्डले तालिकामा अंकको खाता खोल्न सकेका छैनन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal