आज :

भारतीय लोकसभाको अन्तिम परिणामः मोदीको ‘अतिवाद’ मतदाताद्वारा अस्वीकार, बहुमत पुग्यो

  • अनलाइन डबली

काठमाडौँ । भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ ।

मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठुलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यस पटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ ।

भाजपा आफु एक्लै बहुमतबाट चुकेपनि उसको नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ । एनडीएले कुल २९३ सिटमा जित हासिल गरेको छ । जसमा प्रमुख रुपमा भाजपा पछि तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र विहारका नितिश कुमार निर्णायक बनेका छन् ।

त्यस्तै यस निर्वाचनमा भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठुलो दल बनेको छ । यसअघि २०१९ को निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो ।

त्यस्तै समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठुलो दल बनेको छ । अघिल्लो निर्वाचनमा केवल ५ सिट जितेको थियो । त्यस्तै पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठुल दल बनेको छ । त्यस्तै डिएमके पार्टीले २२ सिट जितेको छ । त्यस्तै आम आदमी पार्टीले दिल्लीमा जित हासिल गर्न नसके पनि पञ्जावमा ३ सिटमा जित हासिल गरेर लोकसभामा उपस्थिति जनाएको छ ।

यसरी विपक्षी गठबन्धनले २३० सिटमा जित हासिल गरेको छ ।

अन्तिम परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री मोदी पुनः प्रधानमन्त्री हुने वा नहुनेमा प्रश्न उठ्न थालेको छ । उनको पार्टी बिजेपीले एकल बहुमत गुमाएसँगै यो बहस सुरु भएको हो ।

मोदीको ‘अतिवाद’ भारतीय मतदाताले अस्वीकार गरेको रुपमा अर्थ लगाउन थालिएको छ । मोदीको आर्थिक अतिवादका उत्ताराधिकारीको रुपमा आफूलाई आदित्य नाथले पनि उत्तर प्रदेशमा पार्टीको शाक जोगाउन सकेनन् ।

उत्तर प्रदेशमा बिजेपीको चुनावी परिणामले पनि मोदीको धार्मिक ‘अतिवाद’ लाई अस्वीकार गरेको अर्थको रुपमा विश्लेषण सुरु भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal