आज :

राजस्थान रोयल्सलाई पराजित गर्दै हैदराबाद फाइनलमा, आइतबार केकेआरसँग उपाधि भिडन्त

  • अनलाइन डबली

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको यो सिजनको उपाधि भिडन्त सनराइजर्स हैदरावाद र कोलकाता नाइटराइडर्सबीच हुने भएको छ । कोलकाता पहिलो क्वालीफायरमा जित निकाल्दै फाइनलमा पुग्दा हैदरावादले दोस्रो क्वालीफायरमा राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

शुक्रबार राती भएको खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा राजस्थानको टोलीले पूरा ओभर खेलेर ९ विकेट गुमाएर १३९ रनमा रोकिन पुग्यो ।

राजस्थान रोयल्सले टस जितेर सनराइजर्स हैदरावादलाई पहिले ब्याटिङ गर्ने मौका दिएको थियो ।  पावर प्लेमा धेरै रन बनाउने टोली राजस्थानले शुक्रबार पावरप्लेमा नै अभिषेक शर्मा (१२), राहुल त्रिपाठी (३७) र एडेन मार्कराम (१) को विकेट गुमाएको थियो । ट्रेन्ट बोल्टले सबैलाई आफ्नो शिकार बनाएका थिए । त्यहाँबाट ट्राभिस हेड (३४) र हेनरिक क्लासेन (५०) ले स्कोर ९९ मा पुर्याए । १०औं ओभरमा हेड आउट हुनेबित्तिकै लगातार थप दुई विकेट खसेपछि स्कोर ६–१२० पुगेको थियो ।

क्लासेनले शाहबाज अहमदसँग साझेदारीमा स्कोरलाई १५० भन्दा माथि पुर्याए र आफ्नो अर्धशतक पूरा गरे । उनको विकेट १९ औं ओभरमा खसेको थियो । त्यस्तै अन्तिम ओभरमा शाहबाज १८ रन बनाएर आउट भए । जयदेव उनाडकटले ५ रन बनाए । योसँगै प्याट कमिन्स पनि अविजित ५ रन जोडे । राजस्थान रोयल्सका लागि बोल्ट र सन्दीप शर्माले सर्वाधिक ३–३ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सलाई चौथो ओभरमा पहिलो झट्का लागेको थियो । टम कोहलर क्याडमोर १० रन बनाएर प्याट कमिन्सको शिकार बने । यशस्वी जैसवालले केही उत्कृष्ट शट खेले तर २१ बलमा ४२ रन बनाएपछि उनी पनि आठौं ओभरमा ६५ रनको स्कोरमा आउट भए । राजस्थानको यहाँबाट विकेट पतन सुरु भयो र केही समयमै स्कोर ९२÷६ बन्यो । यस क्रममा कप्तान सञ्जु सामसन (१०) रियान पराग (६) र रविचन्द्रन अश्विन (०) रन बनाएर आउट भए ।

प्रभावशाली खेलाडी सिमरोन हेटमायरले मात्र ४ रन बनाउन सके । झर्दै गएको विकेटको बीचमा ध्रुव जुरेलले एक छेउबाट जिम्मेवारी सम्हाल्दै आक्रामक ब्याटिङ गरे । तर, यो अवधिमा राजस्थानलाई १८ औं ओभरमा रोभम्यान पावेल (६) को रूपले अर्को ठूलो झटका लागेको थियो । तर, जुरेलले आफ्नो अर्धशतक पूरा गर्न सफल भए । खेल अन्तिम ओभरमा पुग्दा आरआरलाई ६ बलमा ४२ रन चाहिएको थियो । तर ५ रन मात्रै आयो र राजस्थानले खेल हार्न पुग्यो । जुरेलले ३५ बलमा अविजित ५६ रन बनाए ।सनराइजर्स हैदरावादका लागि शाहबाज अहमदले सर्वाधिक तीन तथा अभिषेक शर्माले दुई विकेट लिए ।कप्तान कमिन्सले पनि एक विकेट आफ्नो नाम गराए ।  इनल खेल अब आइतबार चेन्नाइमा हुने छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal