आज :

डाक्टरहरूको नियुक्ति सम्बन्धी समाचार भ्रामक – निगमको भनाइ

  • अनलाइन डबली

काठमाडौँ  । नेपाल वायुसेवा निगमले डाक्टर अस्मिता अर्यालको निगममा नियुक्तलाइ लिएर प्रकासित समाचार प्रति ध्यानआकर्षण भएको जनाएको छ। निगमले आज एक बिज्ञप्ति जारि गर्दै सो बिषयमा बाहिरिएको समाचारमा कुनै सत्यता नभएको र भ्रामक भएको भनेको छ।

यस्तो छ बिज्ञप्ति –

नेपाल वायुसेवा निगमले आफ्नो संचालनको शुरुवाती दिनहरू (सन् १९७० को दशक) देखि नै कर्मचारी कल्याणकारी परियोजना अन्तर्गत आम कर्मचारीहरू र उनिहरुका निकट परिवारका सदस्यहरूको निःशुल्क तथा पाइलट, इन्जिनियर र क्याबिन क्रु लगायतका प्राविधिक जनशक्तिहरूको अनिवार्य नियमित स्वास्थ्य परिक्षणका निमित्त निगमको क्लिनिक संचालनमा रहेको छ । उक्त क्लिनिक संचालनका निमित्त क्षेत्रगत विशेषज्ञताका आधारमा विभिन्न हस्पिटलहरूमा कार्यरत डाक्टरहरु मार्फत परामर्श सेवा प्रदान गरिँदै आएको छ । हाल निगमको क्लिनिक मार्फत विभिन्न विषयगत क्षेत्रबाट डाक्टरहरूलाई प्राविधिक जनशक्तिको रुपमा निगमको आवश्यकताको आधारमा कानुनको अधिनमा रही निगमले नियुक्त गर्न सक्ने भएकोले ९ जना डाक्टरहरूले हप्तामा ३ दिन आ—आफ्नो पालोमा निगमको क्लिनिकमा उपस्थित भई तथा अन्य दिन आफु कार्यरत हस्पिटल वा क्लिनिक मार्फत् निगमका कर्मचारीहरूलाई आवश्यकतानुसार निःशुल्क परामर्श तथा क्लिनिकल सेवा प्रदान गरिरहनुभएको छ । उक्त सेवा प्रदान गरे बापत निगमले सेवा सुविधा अन्तर्गत प्रतिमहिना रु.१० हजार मात्र प्रदान गर्ने गरेको छ । यसै सन्दर्भमा, डाक्टर अस्मिता अर्यालको निगममा सिधै नियुक्त शीर्षकमा अनलाईन संचार माध्यम बिजनेस न्युज मार्फत सम्बन्धित विज्ञ डाक्टरको व्यक्तिगत मान मर्दन हुने गरी आधारहीन भ्रामक समाचार तथा सुचना सम्प्रेषण भएको प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ । डाक्टर अस्मिता अर्याललाई कसैको दवाब र प्रभावमा नभई सामान्य रुपमा अन्य डाक्टरहरू सरह नै पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा सेवामा लिईएको र निगमको उल्लेखित शर्त बमोजिम नै प्रतिमहिना रु.१० हजार मात्र तलब बापत प्रदान गर्ने गरिएको छ । राष्ट्रिय ध्वजाबाहक प्रति सेवा भाव राखी अत्यन्तै न्यून सेवा, सुविधा मार्फत निगमको ऋष्लिष्अ मा रहि विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका डाक्टरहरूको बारेमा पेशागत मनोबल गिर्ने गरि यस्ता भ्रामक समाचार सम्प्रेषण नगर्न÷नगराउनुहून सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal