
काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ ।
स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएपछि नेपालले उत्कृष्ट शुरुवात गरेको हो ।
सागरले आफ्नो पहिलो ओभरमा वेस्ट इन्डिज ए का एलिक एथान्जे र जोन्सन चार्लेजलाई आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए ले ३ ओभरमा २ विकेट गुमाएर १८ रन बनाएको छ ।