आज :

गुजरात टाइटन्समाथि दिल्लिको रोमाञ्चक जित

  • अनलाइन डबली

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित निकालेको छ ।

दिल्लीमा भएको खेलमा कप्तान ऋषव पन्तले ४३ बलमा अविजित ८८ रन बनाएपछि घरेलु टोलीले २० ओभरमा चार विकेट गुमाउँदै २२४ रनको योगफल तयार पा¥यो । पन्तले ४३ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे । अक्षर पटेलले पनि पाँच चौका र चार छक्काको सहयोगमा ६६ रन बनाए भने ट्रिस्टान स्टब्सले सात बलमा तीन चौका र दुई छक्काको सहयागमा २६ रन जोडे ।

बलिङतर्फ गुजरातका सन्दिप वारियरले तीन विकेट लिए । मोहित शर्माले आईपीएल इतिहासमै एउटै इनिङ्समा सबैभन्दा धेरै रन खाने रेकर्ड बनाए । चार ओभर बलिङ गरेका शर्माको बलमा दिल्लीका ब्याटरले ७३ रन बनाए । मोहितले अन्तिम ओभरमा मात्र ३१ रन दिएका थिए ।

१८ ओभर सकिँदा १७१ को योगफल बनाएको दिल्लीले अन्तिम दुई ओभरमा ५३ रन बनाउँदा बलियो लक्ष्य खडा गर्न सफल भएको थियो ।

२२५ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा आठ विकेट गुमाउँदा २२० रनमा सिमित भयो । उसका लागि साइ सुदर्शनले सात चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए भने डेविड मिलरले २३ बलमा ५५ रनको योगदान दिए ।

बलिङतर्फ रसिक सलामले तीन विकेट लिँदा कुलदिप यादवले दुई विकेट हात पारे । जितसँगै दिल्ली आठ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । गुजरात टाइटन्स पनि समान आठ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal