आज :

मुम्बईविरुद्ध राजस्थानको फराकिलो जित

  • अनलाइन डबली

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

जवाफमा राजस्थानको टिमले ८ बल बाँकी हुँदा एकमात्र विकेट गुमाएर सहजै लक्ष्य पूरा गर्न सफल भयो । राजस्थानलाई जिताउन सन्दीप शर्माको बलिङ र यशस्वी जैसवालको नटआउट शतक महत्वपूर्ण रह्यो । मुम्बई इन्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि सुरुआत निकै खराब रह्यो । ६ रन बनाएर ठूलो सट खेल्ने प्रयासमा रोहित शर्मा पहिलो ओभरमै ट्रेन्ट बोल्टको शिकार बने । त्यसपछि सन्दीप शर्माले इशान किशन (०) र सूर्यकुमार यादव (१०) लाई आउट गरे ।

चाँैथो ओभरमै मुम्बई टोलीको स्कोर २०/३ को अवस्थमा पुगेको थियो । मोहम्मद नाबीले आक्रामक शैली अपनाए र तिलक वर्मासँग मिलेर स्कोरलाई ५० भन्दा माथि पुर्याए । युजवेन्द्र चहलले यो साझेदारी तोड्दै नाबीलाई आउट गरेपछि आईपीएलमा २०० विकेटको कीर्तिमान बनाएका छन् । नाबीले १७ बलमा २३ रन बनाएर आठौं ओभरमा ५२ रनको स्कोरमा पभेलियन फर्किएका थिए ।

समस्यामा परेको मुम्बई इन्डियन्सको इनिङ्सलाई तिलक वर्मा र नेहल वढेराले अगाडि बढाए । दुवैले ५२ बलमा ९९ रनको साझेदारी गरे जसका कारण स्कोर १५० पार भयो । सिजनको आफ्नो पहिलो खेल खेल्दै आएका वढेराले २४ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ४९ रन बनाए । तर, कप्तान हार्दिक पाण्ड्याले फेरि निराश पारे र १० बलमा १० रन मात्र बनाए ।

तिलक पनि अन्तिम ओभरमा आउट भए । उनले ४५ बलमा ६५ रनको इनिङ खेले । सोही ओभरमा सन्दीपले जेराल्ड कोएत्जी (०) र टिम डेभिड (३) लाई आउट गरे । यसरी मुम्बई इन्डियन्सको स्कोर १८० भित्र रह्यो । राजस्थान रोयल्सका लागि सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए ।  ट्रेन्ट बोल्टले २ विकेट लिँदा आभेश खान र युजवेन्द्र चहलले एक विकेट हात पारे ।

१८० रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सले राम्रो सुरुवात गरेको थियो । यशस्वी जैसवाल र जोस बटलरको जोडीले चालू सिजनमा पहिलो पटक ५० वा सोभन्दा बढीको साझेदारी गरेका हुन् । यी दुईबीचको ७४ रनको साझेदारीलाई पियुष चावलाले तोडेका थिए ।

बटलरले २५ बलमा छ चौकाको मद्दतले ३५ रन बनाएर पभेलियन फर्किए । जैसवालले शानदार ब्याटिङ गर्दै ३१ बलमा अर्धशतक पूरा गरे र त्यसपछि ५९ बलमा आफ्नो करियरको दोस्रो शतक बनाए । राजस्थान रोयल्सले यशस्वी जैसवाल र कप्तान सञ्जु सामसनबीचको १०९ रनको नटआउट साझेदारीमा १९ औं ओभरमा लक्ष्य पुरा गरेको थियो ।

जैसवालले ६० बलमा ९ चौका र ७ छक्का प्रहार गर्दै १०४ रनको पारी खेले । जबकि सामसनले २८ बलमा ३८ रन बनाएर नटआउट रहे । राजस्थान १४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने मुम्बई इन्डियन्स ६ अंकसहित सातौं स्थानमा छ ।

राजस्थानको ८ खेलमा सातौं जित हो । यो जितसँगै राजस्थान रोयल्स प्लेअफको छनोटको धेरै नजिक पुगेको छ । आईपीएल प्लेअफमा पुग्नका लागि टोलीलाई कम्तिमा १६ अंक चाहिन्छ र राजस्थान त्यसबाट दुई अंक मात्र टाढा छ । यस्तो अवस्थामा अब जितले प्लेअफको टिकट पाउन सक्छ । योसँगै ८ खेलमा पाँचौं हार बेहोरेको मुम्बई इन्डियन्स भने समस्यामा रहेको छ भने  नयाँ कप्तान हार्दिक पाण्डेको नेतृत्व पनि खराब सावित भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal