आज :

काज फिर्ता भएको महिना बित्दासमेत अस्पतालको क्वाटर डा. सापकोटाको कब्जामा

  • अनलाइन डबली

काठमाडौँ । हेटौडा अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटाको काज फिर्ता भएको एक महिना बितेको छ । विगत ६ बर्षदेखि हेटौडा अस्पतालमा काजमा कार्यरत डा. सापकोटालाई बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गएको कात्तिक २ गते काम काज फिर्ता गर्न पत्रचार गरेको थियो ।

मन्त्रालयको च. नं. १००८ को पत्रअनुसार अस्पतालले चैत्र २ गते काज फिर्ता गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ पठाएको थियो ।

तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको पालामा काज फिर्ताको निर्णय भएको थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेको ६ महिनापछि चैत्र २ गते अस्पतालले रमाना जारी गरेर संघीय मन्त्रालय हाजिर हुन पठाएको थियो ।

त्यस्तै, रमाना जारी गरेको एक महिनापछि अस्पतालले २०८१ बैशाख ९ गते क्वाटर खाली गर्न पत्राचार गरेको छ ।

उक्त पत्रमा भनिएको छ, “तपाईँको रमाना यस अस्पतालको मिति २०८०।१२।०२ को च. नं. १२३८ पत्रमार्फत भएकोमा हालसम्म पनि तपाईँको जिम्मामा रहेका जिन्सी सामानलगायत क्वाटर खाली नगरी बसोबास गरिरहनुभएकोले यो पत्र प्राप्त भएको सात दिनभित्र तपसिल बमोजिमका जिन्सी सामानहरुको बरबुझारथ गरी बरबुझारथ प्रमाणपत्र लिनुको सार्थ क्वाटरसमेत खाली गर्नुहुन आदेशअनुसार अनुरोध छ ।”

स्रोतका अनुसार स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले आफूलाई सहयोग गरेको बताउँदै डा. सापकोटा क्वाटर खाली नगरेका हुन् । नेकपा एमालेका नेता डोरमणी पौडेलसँग निकट सम्बन्ध भएको बताउँदै सापकोटा सचिव फेर्ने खेलमा लाखेको स्रोतको दाबी छ ।

हाजिर हुन संघीय मन्त्रालयमा जान छोडेर अस्पताल जाने गरेका डा. सापकोटाको अहिले हाजिरी पनि काटिएको छ । बैशाख ४ गतेबाट अस्पतालमा हाजिर हुन पाएका छैनन् । तर, पनि क्वाटर छोड्न मानेका छैनन् । डा. सापकोटा लाज नमानी क्वाटरमै बसेको देखेर अस्पतालका कर्मचारी समेत चकित छन् । “यति लामो समयदेखि काम गरेको डाक्टरले क्वाटर छोड्न निर्देशन दिँदा समेत चुप लागेर बसेको देख्दा हामीलाई लाज लागेको छ” अस्पतालका एक कर्मचारीले भने ।

रमाना जारी भएको एक हप्ताभित्र अर्को ठाउँमा हाजिर हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै, रमाना जारी भएको ६० दिनसम्म पनि हाजिर हुन नआए जागिर सेमत खारेज हुन सक्ने बताइएको छ ।

डा. सापकोटा हेटौडामा रहेको सन्चो अस्पतालमा विहान र साँझको समयमा काम गर्दै आएका छन् । अहिले पनि सरकारी क्वाटरमा बसेर हेटौडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाले संचालन गरेको उक्त निजी अस्पतालमा बिरामी जाँच्दै आएका छन् ।

हामीले यस विषयमा बुझ्दा डा. सापकोटाले आफूलाई संघले प्रदेशमा समायोजनको पत्र दिएको दाबी गरे । आफू प्रदेशको कर्मचारी भएको र पदस्थापन नभएकोले समस्या पैदा भएको सापकोटाले बताए ।

“म प्रदेशमा समायोजन भएको कर्मचारी हुँ, मैले पदस्थापन भएको छैन । कि मलाई प्रदेशले संघमै फिर्ता पठाएको निर्णय गरोस् । कि मलाई पदस्थापना गरोस् । पदस्थापना भएको एकछिन पनि म यहाँ बस्दिन” सापकोटाले अनलाइन डबलीसँग भने ।

डा. सापकोटाले आफू सरकारी समयभन्दा अघि पछि निजी अस्पतालमा गएर बिरामी जाँच गर्ने गरेको बताए । उनले भने, “म सरकारी समयभन्दा बाहिर मेरो सीप र क्षमता अनुसारको काम गर्छु । म अहिले बिदामा छु, दिन सुत्छु र साँझ विहान बिरामी जाँच गर्छु ।”

अस्पतालमा हाजिर गर्न नपाएपछि अहिले डा.सापकोटाको बास सरकारी क्वाटरमा र काम निजी अस्पतालमा गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal