आज :

आइपीएलः गुजरातमाथि दिल्लीको सहज जित

  • अनलाइन डबली

काठमाडौं । जारी सिजनको इन्डियन प्रिमियर लिग आइपीएलमा सर्वाधिक कम स्कोरमा गुजरात टाइटन्सलाई समेटेको दिल्ली क्यापिटल्सले ६ विकेटको जित दर्ता गरेको छ । बुधवार राति भएको खेलमा गुजरात जम्मा ८९ रनमा समेटिएको थियो । आइपीएल इतिहासमा यो सर्वाधिक कम पाँचौं स्कोर हो ।

टस हारेर पहिला ब्याटिङ गरेको गुजरातका लागि रासिद खानले सर्वाधिक ३१ रनको पारि खेल्दा साई सदर्शनको १२ रन दोस्रो ठूलो र राहुल तेवटियाको १० रन तेस्रो स्थानमा रह्यो ।

रासिदले २४ बलमा एक छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाएका हुन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा गुजरात १७.३ ओभरमा ८९ रनमा समेटिन पुग्यो । गुजरातको पारिलाई ध्वस्त पार्नका लागि मुकेश कुमारले सर्वाधिक तीन विकेट लिँदा इशान्त शर्मा र तृष्टन स्टुब्सले दुई दुई विकेट लिए ।

९० रनको सामान्य लक्ष्यका साथ मैदान उत्रिएको दिल्लीले सुरुआत भने खास गरेन । दिल्लीका लागि ओपनर जेके फ्रासन म्यागर्क २० रन बनाएर आउट हुँदा अर्का ओपनर पृथ्वी सा ७ रनको पारिका साथ विदा भए । त्यसपछि अभिषेक पोरेलले १५ रन जोड्दा साइ होप १९ रनमा आउट भएका थिए । अन्त्यमा कप्तान ऋषभ पन्त र सुमित कुमारले दिल्लीलाई ८.५ ओभरमै जित दिलाए । कप्तान पन्तले ११ बलमा १६ तथा तथा कुमारले ९ बलमा ९ रनको नटआउट पारि खेले ।

गुजरातका सन्दीप वारियरले २ विकेट लिँदा स्पेनसर जोनसन र रासिद खानले एक एक विकेट लिए । आइपीएल इतिहासमा बल बाँकीको हिसाबले दिल्लीले सर्वाधिक ठूलो जित निकालेको हो । दिल्लीले लक्ष्य ६७ बल बाँकी हुँदा पूरा गरेको हो ।

जारी सिजनमा तेस्रो जित निकालेको दिल्ली तालिकाको छैटौं स्थानमा उक्लिदा गुजरात भने चौथो हारका साथ सातौं स्थनमा खस्किएको छ । आइपीएल अन्तर्गत विहीबार पञ्जाव र मुम्बई भिड्ने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal