आज :

धनगढीमा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला  खो खो प्रतियोगिता हुने

  • अनलाइन डबली

काठमाडौँ । नेपाल खो खो सङ्घको आयोजनामा चैत २४ देखि २७ गतेसम्म सुदूरपश्चिको धनगढीमा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला  खो खो प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेशका महिला र पुरुष टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रदीप महर्जनले जानकारी दिनुभयो ।

प्रतियोगितामा एक सय ४४ खेलाडी, २४ प्रशिक्षक र ६ जना टिम व्यवस्थापक गरी एक सय ७२ जनाको प्रत्यक्ष सहभागिता रहने छ ,भने  प्रतियोगिताको सहआयोजक सुदूरपश्चिम खो खो सङ्घ रहने  सङ्घले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टोलीलाई २० हजार रुपियाँ प्रदान गरिनेछ । यस्तै वेस्ट रनर र चेजरलाई १०/१० हजार रुपियाँ प्रदान गरिने छ ।

नेपालमा  खो खो खेलको स्थापना वि.सं.२०५२ सालमा भएको हो । यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिए पनि सङ्घले यु–२१ उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो पटक हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal