आज :

आईपीएल: कोहलीको अर्धशतकमा बेंगलुरुले पन्जाबलाई ४ विकेटले हरायो

  • अनलाइन डबली

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले पन्जाबविरुद्ध ४ विकेटको जित निकालेको छ ।

बेंगलुरुको एम चेन्नास्वामीमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बांकी छँदै ६ वकेट गुमाएर पुरा गर्यो ।

बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रनको पारी खेले । त्यस्तै, दिनेश कार्तिकले २८ र महिपाल लोम्रोर १७ रनमा अविजित रहे ।

पन्जाबका लागि हरप्रित ब्रार र काशिगो राबाडाले दुई÷दुई तथा हर्ष पटेल र साम कुरानले एक÷एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए । प्रभ सिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।

जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । साम करनले १७बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए ।

बेंग्लोरका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान दुई÷दुई तथा अल्जारी जोसेप र यस दयालले समान एक÷एक विकेट लिए

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal