आज :

आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु

  • अनलाइन डबली

काठमाडौं । आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शनिवारदेखि सुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले उद्घाटन गरेका छन् ।

सो अवसरमा मन्त्री श्रेष्ठले खेलकुदको नाउँमा मानवतस्करी गर्नेहरुको विवरण संकलन गरी रहेको र उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताए ।

सोही अवसरमा मन्त्री श्रेष्ठले नेपाल भलिबल संघको आजिवन सदस्यता पनि लिएका थिए ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन शनिबार महिलातर्फ एक र पुरुषतर्फ तीन वटा खेल सम्पन्न भएका छन् । पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबर कोशी प्रदेशले विजयी सुरुआत गर्दा महिलातर्फ एभरेष्ट भलिबल क्लबले जित निकालेको छ ।

पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले कणर्ाली प्रदेशलाई ३-० को सोझो सेटमा पाखा लगाएको थियो । नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीसहित तीन जना भारतीय खेलाडी समावेश गरेको एभरेष्टले कणर्ालीमाथि २५-१२, २५-७ र २५-११ को सहज जित दर्ता गरेको हो ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले कणर्ाली प्रदेशलाई २५-९,२५-१३ र २५-१३ गरि ३-० को सेटमा हराउँदै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । यसैगरी, कोशी प्रदेशले ढोरपाटन क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

पहिलो सेट २३-२५ ले गुमाएको कोशीले त्यसपछिका तीन सेट लगातार जित्दै सुखद् सुरुआत गरेको हो । कोशीले २५-२०,२५-१८ र २५-१९ ले आफ्नो पक्षमा पारेको थियो ।

यसैगरी शनिबारको अन्तिम खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा स्तब्ध बनायो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । जसमा आर्मीले २९-२७ ले जितेको थियो । त्यसपछि दोस्रो र तेस्रो सेट भने क्रमश २५-१९, २५- १७ ले बाजी मारेको थियो ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत १० गतेसम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ गरि कुल २० टोलीको सहभागिता रहेको छ ।

महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कणर्ाली प्रदेश र एभरेष्ट भलिबल क्लब रहदा समूह बि मा चन्द्रागीरि नगरपालिका न्यु डायमण्ड भलिबल क्लब, नेपाल एपीएफ क्लब र मधेश प्रदेश रहेका छन् ।

पुरुषतर्फ समूह ए मा टीपटप हेल्प नेपाल कोशी प्रदेश र ढोरपाटन क्लब, समूह बि मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल ट्रेनिङ क्लब र सुदूरपश्चिम प्रदेश, समूह सि मा नेपाल पुलिस क्लब, कणर्ाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब तथा समूह डि मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुण्ड भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।

प्रतियोगिताको  महिला र पुरुष दुवै विजेताले ५ लाख प्राप्त गर्दा उप विजेता हुनेले २ लाख ५० हजार तेस्रो हुने टोलीले १ लाख २५ हजारमा चित्त बुझाउने छन् ।

यसैगरी, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले ४०-४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५-१५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal