आज :

राष्ट्रिय टी–२० क्रिकेट फाइनल : उपाधिको लागि आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा

  • अनलाइन डबली

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा भइरहेको कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला स्मृति क्रिकेट रंगशालामा मध्यान्ह्र सवा १२ बजेबाट शुरु हुने खेलमा उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्दैछन् ।

आर्मी पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छाउँदै फाइनलमा पुगेको हो ।

आर्मीले यस सिजनमा पिएम कप र केपी ओली कप गरी २ पटक फाइनल खेलिसकेको छ । आर्मी पिएम कपमा पुलिससँग र केपी ओली कपमा मधेश प्रदेशसँग फाइनलमा पराजित भएको थियो ।

यसैगरी, अन्तिम सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णाली प्रदेशले फाइनलमा स्थान पक्का गरेको हो ।

योगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागिता जनाएका छन् । बिहान १० बजे र दिउँसो २ बजे गरी दैनिक दुईवटा खेल सञ्चालन गरिएको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्ने आयोजक मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal