आज :

स्टार सिटी गौरीगंगा गोल्डकपको च्याम्पियन

  • अनलाइन डबली

धनगढी । स्टार सिटी क्लब धनगढीले गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार भएको फाइनल खेलमा फारवेष्ट पशुपति युथ क्लबलाई ५-० गोल अन्तरले हराउँदै स्टार सिटी युवा क्बल प्रतियोगिताको च्याम्पियन बनेको हो । गत संस्करणको उपविजेतता स्टार सिटीले यसपटक उपाधि जित्न सफल भएको हो ।

उपाधिसहित स्टार सिटीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको फार वेस्टले ३ लाख रुपैयाँमा चित्त बुझायो । फाइनल खेलमा कमल देउवा नायक बनेपछि स्टार सिटीले सहजै उपाधि जितेको हो । फाइनल खेलमा देउवाले मात्रै चार गोल गरे ।

खेलको आठौं मिनेटमा पहिलो गोल गरेका उनले २० औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पुरा गरेका थिए । कमलले ६२ औं मिनेटमा ब्यक्तिगत चौथों गोल पुरा गरेका थिए । खेलको ७९ औं मिनेटमा भुपेन्द्र शाहीले गोल गर्दै स्टार सिटीलाई सहज जित दिलाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal