आज :

एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम

  • अनलाइन डबली

काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर बाहिरिएको हो । पहिलो लगेमा १-० ले पराजित भएको अल नासरले सोमबार रातिको दोस्रो लेगमा ४-३ को जित निकालेको थियो ।

समग्रमा ३-३ को बराबरी भएपछि अतिरिक्त ३० मिनेट खेलाइएको थियो । जसमा दुवै टिमले एक एक गोल गरेपछि नतिजा निकाल्न पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो ।   अतिरिक्त समयमा दुवै टिमले १-१ गोल गरेपछि नासर ४-३ ले विजयी हुँदा खेल समग्रमा खेल ४-४ को अवस्थामा टुंग्एिको थियो ।

जसमा नासरका लागि रोनाल्डोलेमात्रै पेनाल्टीमा गोल गर्दा अरु खेलाडी असफल भएका थिए । अल एइनका सोउफिएन रहिमी, काकु र सुल्तान अल साम्सीले गरेको प्रहार गोलमा परिणत भएका थियो ।  जितसँगै अल एइन सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal