आज :

क्यानोनिङ्ग खेललाई राम्रो संग प्रवर्धन गर्ने हो, भने बार्षिक लाखौ पर्येतक भित्याउन सकिन्छ

  • अनलाइन डबली

जोखममा खेलिने सौखिन साहासिक खेल क्यानोनिंग नेपलामा भित्रिएको १९ बर्ष भएको छ। छाँगो द क्यानोनिंग कंपनीका प्रबन्ध निर्देशक किसोर शाहीका अनुसार पहिलोपटक नेपालमा यस खेल भित्र्याउदाको यस खेलको बारेमा आम सर्व साधारमा यस खेलबारे कुनै जानकारी नै नभएको बताउनु हुन्छ। जटिल भूबनावट भएको हाम्रो देशमा दैवीप्रकोप , दुर्घटनामा पर्दा उद्दार गर्दाको अनुभवलाइ नै शाहीले खेल संग जोडेर क्यानोनिंगको रुपमा भित्र्याको यथार्त सुनाउनु हुन्छ। यस श्रृखालमा हामीले शाही संग कुराकानी गरेका छौ।

क्यानोनिङ्ग खेल प्रति चासो कसिरी भयो ?
शाही – म ३२ बर्ष अगाडी ट्रेकिंग गाइडको रुपमा काम गर्दागर्दै नेसनल माउन्टेन गाइडमा ५ बर्ष जति अनुभव लिइ सकेको थियो। हिमाली बिकट क्षेत्रमा कामको सिलसिलामा विभिन्न दुर्घटनामा परेकालाइ उद्दार गर्ने जिम्मेवारी हाम्रो हुने गर्दथियो। तसर्थ यसै संग सम्बन्धित खेल नै किन स्थापना नगर्ने त् भन्ने कुरा मनमा खद्किन्थ्यो। सधै जतापनि हामी जस्तो अनुभवी माउन्टेन गाइड हुने नै भन्ने हुन्न यसैले जो कोहिले यस खेलमा अनुभव लिएको भए कोहि कसैलाई बचाउन सकिने सम्भावना हुन्छ। यी र यस्तै बिचारहरुलाई समेटेर क्ल्यानोनिङ्ग खेलको सुरुवात भएको हो।
क्यानोनिङ्ग खेल खेल्न कत्तिको गाह्रो हुन्छ –
शाही – क्यानोनिंग खेल खेल्न एकदिन हामीसंग पुरै तालिम लिनु पर्ने हुन्छ। त्यस पछि पहिलो चरणको क्ययोनिङ्ग बेसिक लेबलको ‘ क्लास वान ’ पार गर्नु पर्छ। ‘ क्लास वान ’ भन्नाले झरना बात झर्दै झर्दै पांच , छ वटा वाटर फल बात तल झर्ने , त्यस मध्य पर्ने बुस हाइकिङ्ग,र्याप्लिंग , बल्द्रिंग , स्विमिङ्ग , नेविगेसन , जम्पिंग ,वाकिंग र क्लाइमिङ्ग को बारेमा क्लास चरण पार गर्नु पर्छ। बल्ल क्यानोनिङ्ग खेल्नेको लागि तयार हुन् छ। यी सबै क्लास पार गरि सकेपछि खासै कुनै गाह्रो हुदैन।

नेपालमा कति प्रकारको क्यानोनिङ्ग खेल खेल्न सकिन्छ –
शाही – संसारकै निकै उच्च प्रकृतिको क्यानोनिङ्ग नेपालमा नै पाइन्छ। हामी कहा ८ चरणको झरनामा क्यानिनिंग खेलखेल्ने गरिन्छ। सन् २०१२ मा युरोपका क्यानोनियेर्सहरुले नेपालमा संसारकै सबै भन्दा उच्च प्रकृतिको क्यानोनिङ्ग भएको प्रमाणित गरि सकेका छन्।

क्यानोनिङ्ग खेलको बारेमा अनुभव लिन कता कहाँ सम्पर्क राख्ने ?-
शाही – मैले ३० सौ बर्ष को अनुभवमा हाल शिबपुरी राष्ट्रिय निकुञ्ज अन्तर गत , सुन्दरीजल क्षेत्रमा क्यानिनिग खेललाइ प्रवर्धन गराउने उदेश्यले ‘ छाँगो एभेन्चर क्याम्प ’ प्रशिक्षण केन्द्रको रुपमा संचालन गर्दै आएको छु। यो काठमाडौँको मध्य भाग बात १५ किमि उत्तरमाअवस्थित रहेको छ। शिवपुरी क्षेत्रको भुबनावत क्यनोनिङ्ग खेल कोलागी निकै नै उपयुक्त रहेको हुनाले बेसिक देखि उच्च सबै क्यानोनिङ्गको अनुभव लिन सकिन्छ।

राज्यले क्यानिनिंग खेललाई प्रवर्धन गर्नकोलागि केगर्नु पर्छ ?-
शाही – राज्यले क्यानोनिङ्ग खेललाई राम्रो संग प्रवर्धन गर्ने हो, भने बार्षिक लाखौ पर्येतक भित्याउन सकिन्छ। जस्को लागी नयाँ क्यानोनिङ्ग रुट पहिचान गर्ने , क्यानोनिङ्ग गाइड उत्पादन गर्ने र अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्ने योजना हुनु पर्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal