
काठमाडौं । मन्टेश्वरी एशोसियसन नेपाल (म्यान) को आयोजनामा दोश्रो इन्टर प्रिस्कुल स्पोर्टस् (एनआइपिएस) – तफिसा २०२४ शनिबार समापन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा शुक्रबार बात संचालन भएको स्पोर्टस् डे को खेल प्रतियोगिताको शनिवार एक कार्येक्रमकाबिच समापन भएको हो । स्पोर्टस् मन्टेश्वरी एशोसियसन नेपालकी केन्द्रिय अध्यक्ष सुष्मा लामाको अध्यक्षतामा संचालन भएको स्पोर्टस् डे को खेल प्रतियोगिता कोअन्तिम दिन प्रमुख अतिथी जापानी दुतावासका डेपुटी चिफ अफ द मिसन मि. तामुरा ताकाहिरोले विजयी खेलाडीहरुलाई पदक वितरण गर्नुभयो । कार्यक्रममा बिशेष अतिथीको रुपमा जापानी दुतावासकी प्रतिनिधी तामुरा जुन्कोको पनि उपस्थिती रहेको थियो ।
प्रतियोगितामा मन्टेश्वरी एशोसियसन नेपाल (म्यान) संगआवद्ध रहेका १७ विद्यालयका ४०० छात्र छात्राको सहभागिता रहेको थियो ।
प्रतियोगिताको दोश्रो दिन युकेजीका २०० छात्र तथा छात्रा खेलाडीहरुले ७५ मिटर दौड, ५० मिटर दौड, ट्राकमा फुटबल गुडाउने, स्याक रेस, बल टार्गेटिङ्ग, शिरमा प्लेट राखेर ब्यालेन्स गर्दै दुरी पुरा गर्ने, कप टावर मेकिङ्ग, ५० मिटरको दौड गर्दै सहि तरिकाले टिसर्ट लगाउने जस्ता बालबालिकाका लागि सुहाउने खेलमा प्रतिस्पर्धा गरेका थिए ।
स्पोर्टस् कार्यक्रमलाई सम्वोधन गर्दै म्यानकी अध्यक्ष लामाले खेलकुद भनेको जित हार मात्र नभई खेलाडीहरुको मानसिक र स्वास्थ्य विकासका साथै फनको रुपमा समेत रहेको बताउनु भयो । उनले खेलकुद स्वास्थ्य र मानसिक विकासको लागि आवश्यक रहेको भन्दै सवैका लागि खेलकुद (स्पोर्टस् फर अल) भन्ने नारालाई मूर्त रुप दिन अन्तराष्ट्रि संस्था द एशोसियसन फर ईन्टरनेशनल स्पोर्टस् फर अल (तफिसा) मा म्यानलाई आवद्धता दिलाएको बताउनुभयो ।
समापनका दिन जापानी खेल केन्दोको प्रदर्शन गरिएको थियो । बालबालिकाहरुले स्पोर्टस् डेलाई मनोरञ्जनात्मक रुपमा लिएका थिए । तफिसामा नेपाल ओलम्पिक कमिटिको समेत आवद्धता रहेको छ ।