आज :

नेपाल मलेसियासँग ४ विकेटले पराजित, हन्टरको विस्फोट ब्याटिङ

  • अनलाइन डबली

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ ।

नेपाल शुक्रबार भएको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो ।

जितका लागि ११६ रनको चुनौती पछ्याएको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालले कसिलो बलिङ गरेको भए पनि एल्सा हन्टर सामु फितलो देखिएपछि पराजयको सामना गर्नुपर्यो ।

हन्टरले ५३ बलमा अविजित रहँदै ६९ रन बनाइन् । हन्टरलाई रोक्न नसक्नु नै नेपालको हारको कारण बन्यो । अन्तिम ओभरमा ११ रन बनाएसँगै मलेसिया विजयी भयो ।

कविता जोशी र सीता रानामगरले समान २ तथा कविता कुँवर र रुबिना क्षेत्री बेल्बासीले समान १ विकेट लिए ।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११५ रन बनायो ।  कप्तान इन्दू बर्माले २९, डली भट्टले १४ बलमा २५, कविता कुँवरले २३ तथा रबिना क्षेत्री बेल्बासीले २० रन बनाइन् । मलेसियाकी महिरा इज्जाती इस्मालीले २ विकेट लिइन् । तीन खेलाडी रनआउट भए ।

जितसँगै मलेसियाले फाइनलमा आइतबार यूएईसँग खेल्नेछ । बिहान भएको पहिलो सेमिफाइनलमा यूएईले थाइल्याण्डमाथि रोमाञ्चक चार रनको जित हासिल गर्यो ।

समूह चरणमा अपराजित रहँदै क्वार्टरफाइनल हुँदै सेमिफाइनलमा पुगेको नेपालले भने अन्तिम समयमा कमजोर प्रदर्शन गर्दै हारको सामना गर्नुपरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal