आज :

क्लासिक टेकले माग्यो ७ वटै प्रदेशबाट ३०० कर्मचारी

  • अनलाइन डबली

काठमाडौं । देशैभरी नेटवर्क फैलिएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालभरी ३०० जनालाई रोजगारीको लागि आव्हान गरेको छ । बिहिबार सूचना जारी गरी इच्छुक उम्मेद्वारहरुलाई चाँडो भन्दा चाँडो र्फम भर्नका लागि हकम्पनीले अह्वान गरेको छ ।

उसले कर्मचारीहरुका लागि आवश्यक सेवा सुविधाको ग्यारेण्टी गर्ने उल्लेख गर्दै भनिएको छ,“ कर्मचारीहरुको लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु जस्तैः सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोष जस्ता विभिन्न सुविधा उपलब्ध गराउदै आइरहेको छ ।”

आव्हान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधीहरु साथै, प्राविधिक विभाग, फाइबर विभाग लगायतका रहेका छन् । योग्यता पुगेका तथा ईच्छुक उम्मेदवारहरुले उल्लिखित पदहरुका लागि आवेदन दिनसक्ने उल्लेख छ ।

कर्मचारी आवश्यकता देहाय बमोजिम रहेको छ ।
प्रदेश नं. १ः
विराटनगर, दुहवी, रङ्गेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान , चतरा , केरावारी, लेटाङ, विराटचोक ,बिर्तामोड र दमक

प्रदेश नं. २ः
बिरगंज, कलैया, चन्द्रनिगाहापुर, ढल्केवर र लहान

प्रदेश नं. ३ (वाग्मती):
नयाँ वानेश्वर, गैरीधारा, बालाजु,गोल्फुटार, कलंकी, पेप्सिकोला, डाँछी, चावहिल, नारायणटार , मुलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो), चापागाउँ, ठेचो, थैब, थानकोट, सुर्यविनायक, बनेपा, पनौती, चितवन (भरतपुर, चनौली, टाँडी, गितानगर, पर्सा), हेटौडा (हटिया, पदमपोखरी, वस्तीपुर)

प्रदेश नं. ४ (गण्डकी):
पोखरा, लेखनाथ
प्रदेश नं. ५ (लुम्बिनी):
बुटवल, भलवारी, फर्साटिकर, माणिग्राम, टिकुलीगढ, नयागाउँ, भैरहवा, नेपालगञ्ज र कोहलपुर
योग्यता पुगेका तथा कम्पनीसंग सहकार्य गर्न ईच्छुक उम्मेदवारहरु जोे भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीको महानअभियानमा योगदान दिन उत्सुक छन्, लाई [email protected] मा आफ्नो व्यत्तिगत विवरण (Curriculum Vitae) पेश गर्नुहुन आव्हान गरिन्छ ।

क्लासिक टेक र यसका विज्ञापन बारे थप जानकारीको लागि, कृपया  www.classic.com.np/career  बाट जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal