आज :

फागुन १४ मा आउने भयो ‘आशा’, यस्तो बन्यो पहिलो पोस्टर

  • अनलाइन डबली

काठमाडौँ । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को फस्र्टलुक सार्वजनिक गरिएको छ ।

फस्र्टलुक अन्तर्गत सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पात्रहरु मेष त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । पारिवारिक कथामा निर्माण भएको यो फिल्मको पोस्टरले दर्शकमा कौतुहलता छाड्न सफल भएको छ ।

पोस्टरमा एउटा घर देखिएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्विरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा पण्डितको रुपमा प्रस्तुत छन् भने महेश त्रिपाठी किरिया बसिरहेका देखिन्छन् ।

अभिनेत्री अञ्जना बराइली भने ढोकाको दैलोबाट चिहाएर हेरिरहेकी छिन् । रोयल भीमसेनले तयार पारेको पोस्टरले फिल्मको कथासार सङ्केत गर्नुकासाथै धेरै प्रश्न उब्जाएको छ ।

फिल्मकी निर्मात्री शर्मिला थापाले फिल्मको विषयवस्तु अनुसार नै पोस्टर तयार गरेर सार्वजनिक गरिएको बताइन ।

उनले भनिन्,‘फिल्म पूर्णरुपमा पारिवारिक कथामा तयार भएको छ । यो एउटा परिवारले हेर्ने र मनन गर्न पर्ने फिल्म बनेको छ । हामीले विषयप्रधानसँगै यसलाई फिल्मको शैलीमै तयार गरेका छौँ, जसले हलसम्म पुग्नुभएका दर्शकको समय र पैसा असुल हुन्छ ।’

उनले फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गतेलाई तय गरिएको जानकारी दिईन् । वितरक तथा प्रदर्शकको छलफलपश्चात उक्त डेटमा फिल्म प्रदर्शन गर्न लागिएको उनले जनाइन् ।

निर्देशक राजिव गुरुङको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ ।

फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो । फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ । फिल्ममा स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।

यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal