काठमाडौँ । नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्यले शुक्रबार पनि ओरालो यात्रा कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १२ हजार दुई सयले घटेको हो ।
महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ कायम भएको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ तोकिएको छ ।


अनलाइन डबली


