
ललितपुर महानगरपालिकाले नगरवासीहरुको सहजताको लागि महानगरको मोबाइल एप सुरू गरेको छ। महानगरबात सेवा लिन सहजताकालागी एलएमसी अलर्ट मोबाइल एपको बिहीबार एक कार्यक्रम गरी महानगरप्रमुख चिरिबाबु महर्जनले शुभारम्भ गर्नु भयो ।
एलएमसी अलर्ट मोबाइल एपको उत्घाटन गर्दै मेयर महर्जनले भन्नु भयो – ‘ ललितपुर महानगर सयसापेक्ष्य ढंगबाट अगाडी बढ्दै गैरहेको छ l बिश्व सम्पदा सुचिमा सुचिकृत यस महानगरमा नयाँ नौलो कुनैपनि काम गर्दा इतिहास सम्पदालाइ दखल पार्न हुन्न, यसै अनुरुप कामहरु बात अगाडी बढ्ने प्रयास जारि छ l ललितपुर सिटि २४ सै घण्टा नसुत्ने स्मार्ट सिटिको अवधारणा अनुरुप स्मार्ट सडक बत्ति बिस्ताको काम अगाडी बढ्ने काम जारीनै छ l यस मोवाइल एपको प्रयोगले नगरवासीले महानगर बात लिन सकिने सहज सुबिधामा मद्दत दिनेछ l
२१ वटा अलर्ट र गुनासो पठाउन सकिने यस मोबाइल एप विशेषगरी महानगर प्रहरीलाई छिटो सूचना दिनका लागि बनाइएको महानगरले जनाएको छ।
महानगर क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एप खोलेर तीन पटकको ट्यापमा आफ्नो सन्देश सिधै नगर प्रहरीको कन्ट्रोल रूमसम्म पठाउन सकिनेछ।
दमकल, एम्बुलेन्स, शववाहन चाहिएमा पनि एपमार्फत नै सन्देश पठाउन सकिन्छ। त्यस्तै कतै ढल फुटेको वा बिग्रिएको भेटिएमा, सडक बत्ति बिग्रिएको देखिएमा पनि एपमार्फत सूचना दिन सकिन्छ।
त्यसमा महानगरले छिटोभन्दा छिटो गुनासो सम्बोधन गर्ने बताइएको छ।।
यसै गरि कालो बजारी भइरहेको देखिएमा, अनिधिकृति संरचना निर्माण भएकोबारे, फुटपाथमा व्यापार गरेको, अनधिकृत विज्ञापन गरेको, सार्वजनिक जग्गा हडपेको देखिएमा, सर्वसाधारणलाइ असाहज हुने गरि सवारी पार्किंग गरेको अवस्थामा पनि एपमार्फत नै गुनासो गर्न सकिनेछ।
यसले इन्टरनेट नभएको अवस्थामा पनि नगरप्रहरीलाई सूचना दिने बताइएको छ। इन्टरनेट नभएको अवस्थामा सम्बन्धित नगरप्रहरीको मोबाइलमा एसएमएस जाने गरि यस एपले काम गर्ने छ।
नगरक्षेत्रको समस्या छिटो समाधान गर्नका लागि मोबाइल एपले थप सहज भूमिका खेल्ने विश्वास महानगरले लिएको छ।