आज :

कोशी अस्पतालको एआरटी क्लिनिक र एड्स हेल्थ केयर फाउन्डेसनबीच समझदारी

  • अनलाइन डबली

विराटनगर । कोशी अस्पतालको एआरटी क्लिनिक र एड्स हेल्थ केयर फाउन्डेसनका बीच सेवा सम्बन्धी साझेदारी गर्ने सहमति भएको छ । एचआइभी संक्रमितलाई सहयोग पु¥याउने उदेश्यले फाउण्डेसन र कोशी अस्पतालको एआरटी क्लिनिकबीच सेवामा सहकार्य गर्ने समझदारी गरेका हुन् ।

उक्त सहकार्यको प्रारम्भ भएको घोषणा गर्दै स्वास्थ्य तथा जनसंख्या सचिव डा. रोशन पोखरेलले दुई पक्षबीचको सहकार्यले एचआईभी संक्रमितलाई राहत पुग्ने बताए । उनले स्वास्थकर्मीमा नै अझै पनि एचआइभी संक्रमित उपचार गर्दा आफुलाई रोग सर्न सक्छ भन्ने डरका कारण बिरामी रेफर भएर अन्यत्र जान बाध्य रहेको अवस्थाहरू आएकोप्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा डाक्टर उन्नत श्रेष्ठले एड्स हेल्थ केयर फाउन्डेसनले अन्य भिन्न काम गर्ने नभई अस्पतालमा भइरहेको सेवालाई बिस्तार र ब्यवस्थित गर्न सहयोग पु¥याउने जनाएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर संजयकुमार ठाकुरले संक्रमण रोक्दै नयाँलाई संक्रमण हुन नदिन विशेष अभियान थाल्नुपर्ने बताए । कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.चन्द्रलाल झाले फाउण्डेसनको सहयोगले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

सरकारले एचआईभी संक्रमितहरूलाई निःशुल्करुपमा एआरटी वितरण गर्दै आएको छ । तर संक्रमितहरूले भने अहिले पनि खुलेर त्यस्तो एआरटी लिएर खाने सामाजिक बातावरण नबनेको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal