आज :

टर्कीको सेनाद्वारा इराक र सिरियामा हवाई आक्रमण तीव्र

  • अनलाइन डबली

काठमाडौं । टर्कीको सेनाले इराक र सिरियामा हवाई आक्रमण तीव्र पारेका छ ।

आफ्ना १२ सैनिकको मृत्युपछि बदला लिन टर्कीले दुई देशमा लगातार हवाई हमला जारी राखेको हो ।

रोयटर्सका अनुसार टर्कीको रक्षा मन्त्रालयले शनिबार वायुसेनाले उत्तरी इराक र सिरियामा कुर्दिस्तान वर्कर्स पार्टीको स्थानमा हवाई हमला गरेको जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार प्रतिबन्धित संगठन कुर्दिस्तान वर्कर्स पार्टीको उत्तरी इराकमा गत दुई दिनमा १२ टर्की सैनिक मारिएपछि टर्कीले जवाफमा २९ वटा सेल्टर ध्वस्त पारेको जनाइएको छ ।

टर्किस वायुसेनाले राति १० बजे उत्तरी इराक र सिरियामा आक्रमण गरेको थियो ।यसअघि शनिबार रक्षा मन्त्रालयले उत्तरी इराकमा पीकेके आतङ्ककारीहरूसँगको भिडन्तमा आफ्ना १२ सैनिक मारिएको बताएको थियो ।

मन्त्रालयले शुक्रबार सात आतंककारी मारिएको पनि जनाएको छ । पीकेके एक आतंकवादी संगठन हो जसलाई टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघले आतंकवादी समूह घोषणा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal