आज :

भारतीय प्रधानमन्त्री मोदीले विपक्षीबिहीन संसद् बनाउन १४१ सांसद निलम्बन गर्न लगाएको आरोप

  • अनलाइन डबली

काठमाडौं  । संसदको सुरक्षा भङ्ग भएको विषयमा सरकारसँग जवाफ माग गर्दा भारतीय संसद्मा मंगलबारसम्म १४१ विपक्षी सांसदलाई निलम्बित गरिएको छ । अब संघीय संसद् करिब–करिब विपक्षीविहीनजस्तै बनेको छ ।

डिसेम्बर १३ मा दुई युवा अचानक झ्यालबाट संसद्मा प्रवेश गरेको विषय संसद्को सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै विपक्षी दलका सांसदहरुले त्यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागेर संसद् बैठक अवरुद्ध गरेका थिए ।

सरकारले त्यसबारे जवाफ दिनुको सट्टा विपक्षी सांसदहरूलाई नै निलम्बन गराएको हो । संसद्को सुरक्षा व्यवस्थामा खलल पु¥याउने गरी गतिविधि गर्ने दुई युवालाई सत्तारुढ भारतीय जनता पार्टीका एक सांसदले प्रवेश पास दिएको खुलेपछि विपक्षी दलका सांसद आक्रामक बनेका थिए ।

सो घटनापछि एक सातायता भारतीय संसद्मा तनाव छ भने यो साताभर गरी मंगलबारसम्म लोकसभाका ९५ र राज्यसभाका ४६ जना सांसदहरूलाई निलम्बन गरिएको छ । मंगलबारमात्रै ४९ जना सांसदलाई निलम्बन गरिएको हो ।

उनीहरूलाई जारी हिउँदे अधिवेशनको पूरै कार्यकाल संसद् बैठकमा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यता विपक्षी दलका नेताहरूले भने सरकारको कदमलाई ‘लोकतन्त्रको उपहास’ भनेका छन् । ‘सरकारले जानाजान संसद्बाट विपक्षीलाई बाहिर गरेको छ, ताकि आफूले ल्याएका विधेयकहरू चाहे जसरी कुनै बहस र छलफलबिनै सदनबाट पास होऊन्,’ कांग्रेस सांसद जयराम रमेशले भनेका छन्, ‘यसरी संसद्मा घुसपैठ गर्ने सांसदलाई मुक्ति दिने र सदनलाई कब्जामा पार्ने गरी भएको यो कदमले लोकतन्त्रकै उपहास भएको छ ।’

विपक्षीले विरोध जनाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसबारे सरकारले छानविन गर्ने जवाफ बताउँदै आएका छन् । तर विपक्षी दलहरुले मोदीले सुरक्षाको विषय जोडेर जबरजस्त विपक्षी सांसदलाई निलम्बन गर्न लगाएको आरोप लगाएका छन् ।

विपक्षीलाई खाली गर्ने मोदीको योजनाअनुसार सुरक्षासँग जोडेर सांसदलाई निलम्बन गर्न लगाएको आरोप लागेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal