आज :

बागमती प्रदेशका स्वास्थ्य सचिवमा पुनः खड्का हाजिर, मन्त्री जोशीमाथि नैतिक प्रश्न

  • अनलाइन डबली

काठमाडौं । बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव बद्री खड्का पुनः बहाली भएका छन् । स्वास्थ्य मन्त्री उत्तम जोशीको स्वार्थमा काम गर्न तयार नभएपछि खड्कालाई सरुवा गरिएको थियो ।

प्रदेश सरकारले कानून विपरित सरुवा गरेको भन्दै खड्का अदालत पुगेका थिए । सर्वोच्च अदालतले विहीबार बद्री खड्कालाई पुनः सचिव पदमा काम गर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले खड्कालाई पुनः बहाली गर्न अन्तरिम आदेश दिएको हो ।

मन्त्रीको स्वार्थअनुसार काम नगरेपछि मंसिर १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाएको थियो । सोही बैठकले १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो ।

खड्काको पुनः बहालीसँगै स्वास्थ्यमन्त्री जोशीमाथि नैतिक प्रश्न उठेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal