आज :

ई–चुरोट प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह, युवाहरु निकोटिनको लतमा फसेको निष्कर्ष

  • अनलाइन डबली

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संसारका सबै देशहरुलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप)को प्रयोगबाट युवाहरु निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।

विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्लुएचओले जनाएको छ । धुम्रपानको विकल्पका रूपमा सुर्तीजन्य पदार्थ कम्पनीहरूले ई–सिगरेटलाई प्रस्तुत गरिरहेका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेको बताउँदै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गरे ।

डब्ल्यूएचओका महानिर्देशकले भने ‘डब्ल्यूएचओलाई राष्ट्रिय नियमहरूमा कुनै अधिकार छैन । तर, यो सिफारिसहरू सबै देशहरूले स्वेच्छिक रूपमा स्वीकार गर्ने अपेक्षा गरिएको छ, जुन अहिलेसम्म भएको छ ।

फिलिप मोरिस इन्टरनेशनल र ब्रिटिश अमेरिकन टोब्याको जस्ता केही प्रमुख चुरोट कम्पनीहरूले भ्यापको माध्यमबाट सिगरेट खपतको लागि भविष्यको वैकल्पिक रणनीतिहरूमा काम गरिरहेका छन् । यो खतरनाक छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal