आज :

समाज सेवामा सक्रिय मधुर खरेल नेपाली समाज टेक्ससको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार

  • अनलाइन डबली

काठमाडौं । अमेरिकामा बसेर समाज सेवामा सक्रिय रहेका मधुर खरेलले नेपाली समाज टेक्सस (एनएसटी) को वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । अमेरिकामा रहेका नेपालीहरुकाे सबैभन्दा ठूलो संस्थाको रुपमा चिनिएको एनएसटीमा लामो समयदेखि खरेल सक्रिय छन् ।

काभ्रे पुर्खौली घर भएका खरेल २००२ बाट अमेरिका बस्दै आएका छन् । उनी २००९ बाट एनएसटीको मतदानको अधिकार पाएका खरेल २०१७ देखि २०१९ सम्म कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

त्यसैगरी २०१९ देखि २०२१ मा संस्थाको कोषाअध्यक्ष भएर काम गरिसकेका खरेलले ‘संस्थाको लागि म होइन, हामी’ को नारासहित वरिष्ठ उपाध्यक्षको लागि चुनावी मैदानमा उत्रिएका छन् ।

अमेरिका रहेका नेपालीसँगै नेपालमा पनि समाज सेवामा जोडिएका खरेलले धेरै मतदाताको मत जित्न सफल भएका छन् ।

काठमाडौं मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट बीबीएस गरेपछि डिभी परेर अमेरिका पुगेका खरेल आफ्नै व्यवसाय समेत संचालन गरेका छन् ।

खरेलले २०७२ सालमा गएको भूकम्प, कोरोना कालमा नेपालीलाई सहयोग गरेका थिए । उनी अन्य सामाजिक कार्यमा पनि सहभागी हुँदै आएका छन् । अमेरिका पुगेर समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेका कारण पनि धेरैले खरेलले मन पराउने बताइएको छ ।

अमेरिकामा सिकेको सीप-कला र परिश्रम नेपालमा फर्किएर समाज सेवामा लगाउने आफ्नो धोको भएको खरेलले बताए ।

यो टीमबाट अध्यक्षमा कमल सत्याल, वरिष्ठ उपाध्यक्षमा मधुर खरेल, उपाध्यक्षमा बलराम पौडेल, महिला उपाध्यक्षमा सावित्री भण्डारी, महासचिवमा सन्देश उप्रेती, सचिव पुण्य पौडेल, कोषाध्यक्ष गुप्तराज जोशी, सहकोषाध्यक्ष गोविन्द राज जोशी, महिला संयोजकमा शान्ती कुमारी गिरी, खेल संयोजकमा सन्देश संग्रौलालगायतले उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal