
काठमाडौँ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । प्रहरीका अनुसार मृत्यु हुनेको संख्या अझैं बढ्न सक्ने बताइएको छ ।
भूकम्पका कारण भेरी नगरपालिकास्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।
त्यसैगरी जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको प्रहरीले बताएको छ ।
शुक्रबार मध्यराति ११ः४७ बजे ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
त्यसैगरी भूकम्पले रुकुम पश्चिममा पनि ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म रुकुम पश्रिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।
यसैबीच घाइतेको उपचार पीडितको उद्दारको लागि प्रधानमन्त्री प्रचण्ड चिकित्सकको टोलीसहित जाजारकोट उडेका छन् ।