हुम्लाको अभियान नमुना योग्य बनेको छ । हुम्लामा जन्मने अवसर नमिले पनि जीवनभर त्यहाँको लागि काम गर्ने चाह बढेको छ ।
नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य झकबहादुर मल्ल‘सुदीप’ले आफ्नो पार्टीले चलाइरहेको तीन मिहिने अभियानपछि प्रतिगनमनकारी आवाजहरु लुप्त हुँदै गएको बताएका छन् । हालै संवाद डबलीसँग कुराकानी गर्दै नेता सुदिपले विभन्न भागामा विभक्त माओवादी एक ठाउँमा आउन थालेपछि पुन जनतामा आशा र भरोषा पलाएकोसमेत जिकिर गरेका छन् ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ हुम्ला जिल्ला इन्चार्ज समेत रहेका मल्लले झण्डै डेढ महिने आवधिक अभियानले आफूमा व्यापक उर्जा थपिएको पनि बताए । जिल्लाको ताँजाकोटदेखि नाम्खाको लिमि–लाप्चा अनि कुनाकाप्चासम्म पुगेका मल्लले हुम्ला जिल्लाको अभियान नमुना योग्य रहेको दाबी गरेका छन् । जिल्ला पार्टी कमिटी अन्य जिल्लाहरुको तुलनामा शक्तिशाली र एकजुट रहेको बताउँदै भने,“हामीलाई सुरुमा शंका लागेको थियो कि, सिंगो पार्टी कमिटी आभियानमा एकढिक्का र क्रियाशील होला त भनेर, तर जब सुरु गर्यौं तब सबैको उत्साहप्रद सक्रियताले जनयुद्धकालिन् रौनकता पैदा गरायो ।”
उसो त हुम्लाको माओवादी पार्टीले विगतदेखि वर्तमानसम्म चुनावी होस् चाहे अन्य गतिविधिमा आफूलाई अब्बल बनाउँदै आएको त छ नै त्यसमा पनि विशषे रुपान्तरण अभियानमा उसको राम्रो सक्रियता रहेको पुष्टि भएको छ । यस अवधिमा हुम्लामा झण्डै डेढ सय अन्य पार्टीका नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरे यसबाट हौसिएका मल्लले भने,“यो सानो संख्या हैन अब दसैं तिहारपछिको अभियानमा हजारौंको संख्यामा माओवादी प्रवेशको लहर चल्ने छ ।”
आफ्नो पार्टी शान्तिकालका दिनहरुमा विभाजन र सत्ता वरीपोरी मात्रै अल्मलिएको कारण जनताबाट कट्दै गएको र त्यसको फलस्वरुप प्रतिगमनकारीहरुले टाउको उठाएको दाबी गरे । अहिले देशमा ‘राजा आउ देश बचाउ’ भन्ने आवाज बुलन्द हुन थाल्नको कारण पनि माओवादी धाराले पिल्ड खालि गरेको परिणाम भएको बताउँदै भने,“अहिले एकदुई जना कर्णालीमा पनि छट्टु स्यालहरु कराउने मौका पाएका छन्,तर हाम्रो उपस्थितिले ती आवज हराउन थालेका छन् ।”
जनयुद्धको समयमा १ सय २७ जना हुम्लाका वीर योद्धाहरुले बलिदान गरेकाले त्यहाँका जनता अहिले पनि माओवादीप्रति सकारात्मक रहेको धारणा उनको छ ।
मल्लले त्यहाँ जन्मने अवसर नमिले पनि पार्टीको विशेष रुपान्तरण अभियानले आफूलाई हुम्ला र हुम्लीको,विचार,आदर्श, पार्टीप्रति दृढप्रतिबद्दता र मायाले आकर्षित गरेकोले जीवनभर त्यहाँका जनताको लागि जहाँ भएपनि काम गर्ने दृढ इच्छा रहेको बताए । देशमा व्यापक परिवर्तन भएपनि हुम्ला र हुम्लीका दुःख अनि पीडामा खासै फरक नपरेकोले भावुक हुँदै भने,“सडक पुगे पनि पलपलमा मृत्युसँग पाउँठेजोरी खेल्नु पर्ने, १० हजारमा हुने उपचारका लागि १० लाखको हेलिकप्टर चार्टर गर्नु पर्छ खै के भयो र हुम्लीको लागि, राज्यले विशेष ध्यान दिनुपर्छ ।”
यातायतको राम्रो व्यवस्था गरी कृषि र पर्यटनमा जोड दिए हुम्ला देशकै एक नम्बरको सम्भावना भएको जिल्ला हुने उनको विश्वास छ, तर त्यसका लागि राज्यले विशेष ध्यान दिनु पर्ने मल्लको मत छ । शाहकालीन् राज्यसत्ताबाट सौतेनी व्यवहार खेपेको र गणतन्त्रपछि काँचुली फेर्दै गएको कर्णालीबाट माननीय बनेका ज्ञानेन्द्र शाहीहरु जस्ताले जनयुद्धले ल्याएको व्यवस्थाको कारणले मौका पाएको बताए ।
शाही जस्ता मान्छेहरुले धन्यबाद दिनुको साटो सबैभन्दा बढी माओवादीलार्य धारेहात लाउनु भनेको उनिजस्ताहरुलाई नै घाटा हुने मल्लले जिकिर गर्दै भने,“अब फेरी जुम्ली जनताले त्यस्तालाई भोट दिदैनन् चिनीसके ।”
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


