आज :

मत्स्यनारायण मेलाको तैयारी पुरा , २० लाख भक्तजन सहभागी हुने अपेक्षा

  • बुद्धशरण शाही

काठमाडौँ ।  चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्रमा हरेक पटक पुरुषोत्तम महिना भरि (मलमासको अवधिभर) मा लाग्ने पुरुषाेत्तम मास मेलाकाे तयारी पूर्ण रुपमा सकिएको छ।

मेला व्यवस्थापन समितिले आज सोबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक एवं चन्द्रागिरि नगरपालिका-९ का वडाध्यक्ष अच्यूत अधिकारीले आगन्तुक तथा भक्तजनहरुका लागि सम्पूर्ण सुबिधा सहित मेलाको तैयारी सकिएको जानकारी दिनुभयो ।

सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडीमा पर्ने पुरुषोत्तम महिना भोलि साउन २ गते बात साउन ३१ गतेसम्म रहने गर्दछ । यसै महिना भरि मत्स्यनारायण मन्दिर क्षेत्रमा धार्मिक मेला लाग्ने भएको हो ।

मेला व्यवस्थापनका लागि विभिन्न ५ वटा उपसमिति गठन गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । मेला व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट, विभिन्न विद्यालयका विद्यार्थीहरू तथा अन्य स्वयंसेवकहरूले सहयोग पुर्याउने बताइएको छ।

मेला व्यवस्थित रूपमा सञ्चालनार्थ सार्वजनिक स्थानमा कुनैपनि व्यापार व्यवसाय निरूत्साहित गरिएको छ भने सञ्चालन हुने सबै प्रकारका व्यापार व्यवसायमा अनिवार्य रूपमा मूल्यसूची देखिने गरी राख्नुपर्ने बताइएको छ । यदि कसैले सो अटेर गरेको पाइएमा तत्काल कारबाही गरिने मेला व्यवस्थापन समितिले जनाएको छ।

यो पटक मेलामा करिब २० लाखको हाराहारीमा भक्तजनले मत्स्यनारायणको दर्शन गर्ने अपेक्षा आयोजकले लिइएको छ।

अधिकमासका रुपमा समेत लिइने यस महिनामा लाग्ने  मत्स्यनारायण मेलाको बारे  यस्तो छ धार्मिक मान्यता – 

धर्मशास्त्रमा उल्लेख अनुसार अशुद्ध महिनाका रुपमा परिचित यो महिना सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि पर्ने भएको ले यस महिनालाई मलमास भनिएको हो । अधिकमासका रुपमा समेत लिइने यस महिनाको अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ।

धार्मिक मान्यता अनुसार यस अवधिमा विशेष वा शुभकार्य गर्न नहुने मान्यता रहिआएको छ । त्यसैले यस अवधिमा नारायणको दर्शन तथा पूजा गर्नाले पाप क्षय भई मुक्ति प्राप्त हुने धामीक जनविश्वास रहेको पाइन्छ ।

भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख गरेको पाइन्छ ।

किंंवदन्ती अनुसार ब्रम्हाले संसारको सृष्टि गर्नेक्रममा हैग्रिप दानवको पनि सृष्टि भयो । दानवले ब्रम्हाको आखा छली वेदलाई हरण गरेर पातल लोकमा लुकाएर राखे । विष्णुले मत्स्यको रुप धारण गरेर दानवलाई मारेर संसारको सृष्टि नास हुनबाट बचाएको नेपाल महात्म्यमा उल्लेख छ ।

मन्दिर घण्टा आकारको पौराणीक तथा कलात्मक शिखरशैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा  निरन्तर पानि बगिरहने कलात्मक ढुंगे धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रुपको मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतसहित गरुढ हनुमान र दुवै छेऊमा शिवको लिंग छ ।

पोखरी अगाडि जलाशयमा मत्स्य कुण्डको मध्य भागमा शिव लिंग स्थापित रहेको छ । मन्दिर भित्र पान्चायन देवता र अन्य विष्णुका मुर्तिहरुले सोभा बढाएको छ  । पौराणिक शंख घण्टा सहित लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुंगाको मूर्ति छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal