आज :

टी–२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै, इतिहास रच्ने अबसर

  • अनलाइन डबली

काठमाडौं । टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ ।

शुक्रबार ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो ।

दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ ।

समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।

आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ । साथै, नेपाल, युएई र ओमानले शीर्ष–३ मा स्थान बनाउँदै टी–२० विश्वकपमा आफ्नो स्थान बनाइसकेको छ ।

टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधि जितेर इतिहास रच्ने नेपालकाे लागि याे अबसर पनि हाे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal