आज :

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड पछि नहट्ने, पक्राउ परेका खाँणमाथि अनुसन्धान सुरु

  • अनलाइन डबली

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार पछि नहट्ने भएको छ । नेपाली काँग्रेसका नेता पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले बुधबार विहान निवासबाटै पक्राउ गरेको थियो । खाँणसँगै उनका स्वाकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

खाँणलाई अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रहरी परिसर टेकु पु¥याइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको पनि नाम जोडिएपछि पक्राउ गरी कारवाही हुनुपर्नेमा दवाव बढ्दै गएको थियो ।

यो सँगै उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारीविरुद्ध नयाँ लडाइँ सुरु भएको भन्दै पछि नहट्ने बताएका थिए । प्रचण्डले यो लडाइँमा जनयुद्धमा जस्तै साथ दिन जनतालाई अपील समेत गरेका थिए ।
सत्ता गठबन्धनका नेता खाँणलाई सरकारले पक्राउ नगरेको र रायमाझीलाई पूर्वाग्रही रुपमा पक्राउ पुर्जी जारी गरिएको एमाले नेताहरुको आरोप थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal