हटाइएका आइजिपी दान बहादुर कार्कीको मुद्दा न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा आज सुनुवाई हुदै छ । प्रहरी महानिरीक्षक (आइजी) को जिम्मेवारीबाट हटाएर जबर्जस्ती प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सारिएका कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो ।
कात्तिक १८ गतेको क्याबिनेट बैठकले प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेपछि मन्त्रिपरिषदको उक्त निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावीसहित कार्कीले कात्तिक २० गते दर्ता गराएको रिट निवेदन एक दिन होल्डमा राखिएको थियो ।


अनलाइन डबली

