काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तय) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा परेको छ । अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनको मुखमा सरोकारवालाहरुले त्रिपाठीले भौतिक संरचना निर्माणमा अनियमितता गरेको भन्दै मुद्धा हालेका हुन् ।
त्रिपाठीकै संलग्नतामा भौतिक संरचनालगायतमा करोडौं भ्रष्टाचार भएको भन्दै कारवाहीको माग गरिएको छ ।
उपाध्यक्ष त्रिपाठीले नियम विपरित कसाई होटललाई थप जग्गा दिएको, मायादेवि मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुलाई (अजिंगर लगायत) नष्ट गरी त्यहाँ बनिसकेको पोखरीमा २२ करोडको ठेक्का दिएको भन्दै रकमको अपचलन गरेको आरोप लागेको छ ।
अख्तियारमा सी–०५०८५० दर्ता नम्बर रहेको उजुरीमा त्रिपाठीकै संलग्नतामा भौतिक संरचनालगायतमा करोडौं भ्रष्टाचार भएको भन्दै कारवाहीको माग गरिएको छ । यसअघि पनि उनीविरुद्ध अख्तियारमा मुद्धा परेको थियो ।
कोष परिसरभित्र नविकरण नभएका संघसंस्थाहरुलाई कामको जिम्मेवारी दिएको र नियम विपरित सभा हल निजी कम्पनीलाई दिने प्रक्रिया अगाडि बढाएको, लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरु योजना विपरित अनधिकृत ढंगबाट बुद्ध मुर्ति बनाउन दिएको, रसियन लगायत विभिन्न प्लटहरु बदनियतपूर्ण आफुखुसी वितरण गरेको, सोके जापान लगायत सम्झौताहरुको समयसीमा भित्र काम पुरा नगरेको भनेर सम्झौता खारेज गरेको, गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरुसँगको सम्झौताहरु अनिश्चितकालका लागि आफूखुसी समयमाबधि बढाउँदै लगेको आरोप लगाइएको छ ।
यी हुन् उपाध्यक्ष त्रिपाठीमाथि लागेका २५ आरोपहरुः
१) लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरु योजना विपरित अनधिकृत ढंगबाट बुद्ध मुर्ति बनाउन दिएको ।
२) रसियन लगायत विभिन्न प्लटहरु बदनियतपूर्ण आफुखुसी वितरण गरेको ।
३) सोके जापान लगायत सम्झौताहरुको समयसीमा भित्र काम पुरा नगरेको भनेर सम्झौता खारेज गरेको, तर अरु गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरुसँगको सम्झौताहरु अनिश्चितकालका लागि आफूखुसी समयमाबधी बढाउँदै लगेको ।
४) नियम विपरित कसाई होटललाई जग्गा थप प्लट दिएर रुमहरु बनाउन दिएको ।
५) मायादेवि मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुलाई (अजिंगर लगायत) नष्ट गरी त्यहाँ बनिसकेको पोखरीमा
२२ करोडको टेन्डर निष्काशन गरी रकमको अपचलन गरेको ।
६) लुम्बिनी विकास कोष परिसर भित्र नविकरण नभएका विभिन्न संघसंस्थाहरुलाई कामको जिम्मेवारी दिएको ।
७) नियम विपरित सभा हल निजी कम्पनीलाई दिने प्रक्रिया अगाडी बढाएको ।
८) २५ वर्षका लागि म्युजियम (संग्राहलय) लिजमा निजी कम्पनीलाई दिएको, उक्त संस्थाबाट प्राप्त हुने आम्दानीको विवरण हालसम्म उपलब्ध नगराएको ।
९) तीन अरबको नयाँ ठेक्का नीति विपरित आफन्तलाई दिने प्रक्रिया अगाडी बढाएको ।
१०) कोष भित्र ८ अरब बराबरका विभिन्न निर्माण कार्यहरु भइरहेका, तर कुन–कुन निर्माण कम्पनीलाई कुन विधि र प्रक्रिया अपनाई ठेक्का दिएको हो ? सो को जानकारी सम्बन्धित निकायलाई नदिएको ।
११) मोटर बोट सञ्चालन ठेकेदारको चाहना अनुसार दिएको ।
१२) वल्र्ड बैंकबाट प्राप्त सवारी साधनहरु दुरुपयोग भइरहेको ।
१३) महालेखाको निर्देशन विपरित कोषलाई आफन्तको भर्ति केन्द्र बनाएको ।
१४) मन्दिर जाने बाटोको ‘कफी सप’ विना प्रक्रिया आफन्तलाई दिएको ।
१५) ६ अर्व बजेट हिनामिना बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चलिरहेको मुद्धाको वेवास्ता गरी डे«नेज र बाटो निर्माणको लागि आएको बजेट सार्वजनिक खरिद ऐन विपरित ठेक्कामा लगाएको ।
१६) सिसि क्यामेराको दुरुपयोग भईरहेको ।
१७) लुम्बिनी सोसल सर्भिस फाउन्डेसनसँग उपाध्यक्षको संकास्पद ढंगको संलग्नता रहेको ।
१८) करुणा गल्र्स स्कुल लगाएतका संरचना र सम्पत्ति नीजि स्वामित्वमा राखि दुरुपयोग गरेको ।
१९) क्रेन (सारस चरा) फाउन्डेसनको मनपरी ढंगबाट दुरुपयोग गरेको ।
२०) महाकरुणामय अस्पताल सञ्चालनमा नल्याई दाताहरुले दिएको रकम हिनमिना गरेको ।
२१) लुम्बिनी सोसल सर्भिस फाउन्डेसन नविकरण नगरि दाताहरुको रकम हिनमिना गरेको ।
२२) उपाध्यक्ष आफैले बोधी ईन्स्टिच्युटका विद्यार्थीहरुलाई चिबर खोल्न बाध्य बनाई भिच्छुका शिष्यहरुलाई विद्यालयबाट निकाला गरी अलपत्र पारेको ।
२३) लुम्बिनी विकास कोषलाई विभिन्न दाताहरुले दिएको रकम हिनामिना गरेको, कर्मचारी तथा परामर्श दाताहरुको कुनै विवरण नभएको ।
२४) यसका उपाध्यक्षले गरिमामय पदको दुरुपयोग गरी एक क्यानेडियन पूर्वी गुम्बाको प्रमुखका रुपमा कार्यरत रहि मासिक तलब बुझ्ने गरेको ।
२५) उपाध्यक्षले दाताहरुको रकम दुरुपयोग गर्दै परिवार र आफन्तको नाममा जग्गा जमिन, भवन संरचना आदि व्यक्तिगत स्वामित्वमा राखेको ।


अनलाइन डबली


