आज :

पोइट आइडलको शुक्रबार अन्तिम प्रतिस्पर्धा हुँदै, भोटिङको रेसमा कञ्चनपुरका न्याथन

  • अनलाइन डबली

काठमाडौं । नेपाली मौलिकतालाई आत्मसाथ गर्दै बहुराष्ट्रिय फ्रेन्जाईज रियालिटी शो जतिकै चर्चा पाईरहेको द पोइट आइडलको फाइनल रेसमा छन् सुदुरपश्चिम कञ्चनुरका रंगकर्मी नरेश भण्डारी ‘न्याथन रायन’ । नतिजा आफ्नो पक्षमा पार्ने अभिलाशासहित न्याथन भोटीङको लागि सुदुरपश्चिमका दर्शकमाझ दौडीरहेका छन् ।

आउँदो शुक्रबार ८ वैशाखमा सो प्रतियोगिताको फाइनल प्रतिस्पर्धा हुँदैछ । नेपालबाट न्याथन र मिल्सन राई, निलम गुरुङ (सिक्किम) र पल्लवी (दार्जिलिङ) फाइनलमा पुगेका छन् । यस अघिका खुट्किलाहरुमा आफूलाई बहुआयामिक कविकारुपमा सावित गरिसकेका कञ्चनपुरको शुक्लाफाँटा नगरका न्याथन आइडल जित्नेमा आफू विश्वस्त देखिन्छन् । उसो त उनि हेरेक खुट्किलामा आफूलाई अत्याधिक अब्बल सवित गर्दै आएका छन् ।

कविताको माध्यमबाट पनि यति धेरै मानोरञ्जन दिन सकिन्छ भन्ने नेपालमा मत्रै होइन सायद विश्वभर नै नयाँ प्रयोगको सुरुवात भएको विज्ञहरु बताउँ छन् । फाइनल प्रतिस्पर्धामा चारै जनाबीच कडा प्रतिस्पर्धा हुने निश्चित त छ नै, तर,एक से एक बहुआयामिक कविहरुको भाग्य र भविष्यको फैशला भने आम दर्शक र कविता प्रेमीको भोटिङको आधारमा हुने पक्छ छ ।

अब्बल कविका बीचमा आफ्नो छुट्टै मौलिक पहिचान स्थापित गरेका न्याथन धेरै दर्शक तथा शुभेच्छुकको प्रशंसा पाएकोले आफू आइडलको सगरमाथा चुम्नेमा आशावादी भएको दाबी गर्छन् । उनले पोइट आइडलको हरेक एपिसोडमा भिन्नभिन्न प्रयोग र प्रस्तुती गरेर चर्चा कमाएका थिए । सामाजिक सञ्जालमा पनि उनको प्रस्तुति निकै रुचाइएको थियो । जुन कुरा सामाजिक सञ्जालमा उनका आवाज र कवितालाई सयौं रिडुएट गरेकोबाट पुष्टि हुन्छ । एकपटक मात्र बटम जोनमा परेका न्याथन त्यसपछि भने उनको भोट निरन्तर उकालो लागिरहेको र सम्पूर्ण कविता प्रेमी तथा आफन्तजनमा अत्याधिक भोट गरेर जिताईदिन अुनुरोध गरिहेका छन् ।

को हुन् न्याथन ?

उनको स्नातकसम्मको पढाइ कञ्चनपुरमै भयो । महेन्द्रनगरस्थित अमिटी कलेजबाट उनले बीबीए उत्तीर्ण गरेका छन् । महेन्द्रनगरबाट उनी काठमाडौं आए । कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका विद्यार्थी पनि हुन् ।

मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन् । पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि उनीसँग ठूलो पर्दाको समेत अनुभव छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal