आज :

आँखा उपचारका लागि “एक कप चिया दान अभियान” काे तेहौँ वार्षिकाेत्सव सम्पन्न

  • बुद्धशरण शाही

काठमाडौँ ।   दैनिक एक कप चिया बराबरको खर्च दान गरेर त्यस बापतकाे रकम असहाय दीनदुखीहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न प्रदान गर्ने उदेस्यले  “एक कप चिया दान अभियान”  तेहौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

स्थापित युवा नेत्र सेवाको आयोजनामा आज गरिएको कार्येक्रममा  नेपालका “आँखाका मणि” रुपमा परिचित प्रा. रामप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा  डा. सविता श्रेष्ठले यस सामाजिक सस्थाको  कोषमा १ लाख २० हजार रुपियाँ प्रदान गर्नुभयो ।

यसै  सुरेन्द्र प्रसाद ढकाल प्रतिष्ठानले सामाजमा अझ धेरै सेवा बिस्तार गर्न सहयोग बापत वार्षिक रुपमा ३० हजार रुपियाँ रकम प्रदान गर्नु घोषणा गर्नुभयो ।

सस्थाका अध्यक्ष नेत्र विशेषज्ञ सिद्धार्थ रञ्जितले गरिब असाहय दीनदुखीका लागि दैनिक एक कप चिया बराबर रकम दान गर्ने सहयोगीहरुको संख्या बढ्दै जादा थप हौसला प्राप्त भएको बताउनु भयो ।

सभामा सेवाका सचिव रोशन राज महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष शर्मिला डंगोलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।सभामा साहित्यकार डा. नवराज लम्सालले समाजसेवाका क्षेत्रमा युवा नेत्र सेवाको भूमिकाबारे विचार व्यक्त गर्नुभयो ।

कार्येक्रममा आजीवन नयाँ सदस्य तथा सस्था र अभियानमा सहयोग गर्ने भिभिन्न व्यक्तित्वला सम्मान गरिएको छ ।

२७ वर्षअघि स्थापित सेवाले १३ वर्षअघि सञ्चालन गरेको आँखा उपचारका लागि “एक कप चिया दान अभियान” को साधारण सभा सेवामा अहिलेसम्म ३ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्। अभियान अन्तर्गत ललितपुरको ठेचो,सुनाकोठी चन्द्रागिरी नगपालिका बलम्बु , भक्तपुरको नगरकोट तथा कीर्तिपुरमा निशुल्क मोतिबिन्दु शल्य क्रिया, आखा परिक्षण सिविर संचालन गर्दै आएको छ  ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal