
काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालायेले चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा जिल्ला सुरक्षा समिति काठमाडौको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम मिति २०८२/०२/१९ गतेदेखि लागु हुने गरी देहायका स्थानमा बाहेक बढीमा २ (दुई) महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेशमा उल्लेख छ।
यसै गरि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न तीन स्थान मात्र तोकेको छ । प्रशासनको आदेश अनुसार सिफल चौर, कोटेश्वर आकाशे पुलदेखि बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रलाई प्रदर्शनका लागि तोकिएको छ ।