आज :

भक्तपुर अस्पताल बन्यो देशकै उत्कृष्ट, डा. गौतम एक सफल व्यवस्थापक

  • धनन्जय बुढा

कठमाडौं । वागमती प्रदेश अन्तरगतको भक्तपुर अस्पताल तेस्रो पटक पनि लगातार देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । आईतबार अस्पतालमा एक कार्यक्रमबीच न्यूनतम सेवा मापदण्ड(एमएसएस) मूल्याङकन नतिजा सार्वजनिक गर्दै १०० मा ९० अंक प्राप्त गर्दै देशभरीकै उत्कृष्ट १ नम्बरको अस्पताल बन्न सफल भएको छ ।

संघीय सरकार अन्तरगतको ११औं तहको विज्ञ टोलीले एमएसएस मूल्यङकन नतिजा सार्वजनिक गर्दै अस्पतालकी निवर्तमान प्रमुख डा.सुमित्रा गौतम एक सफल व्यवस्थापक भएको सामेत ठोकुवा गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले अस्पताल लगातार उत्कृष्ट एक नम्बर बन्नु प्रदेशकै गौरवको विषय भएको बताए । अस्पतालको ४ वर्ष पहिलेको अवस्था र अहिलेको अवस्थामा आमूल परिवर्तन भएकोप्रति खुसि व्यक्त गर्दै मन्त्री थापाले भने,“विगतमा अस्पतालको अवस्था लाज लाग्दो थियो, डा.सुमित्रा गौतम आएपछी लगातार उत्कृष्ट बनेको छ, त्यसैले उहाँ अहिले प्रदेशकै स्वास्थ्य सचिवको भूमिकामा हुनुहुन्छ ।” “म स्वास्थ्य मन्त्रालय प्रमुख अनि डा.गौतम सचिव छौं, अब प्रदेशका सबै अस्पतालहरुलाई भक्तपुर अस्पताल जस्तैः बनाउने प्रयासमा छौं ।”मन्त्री थापाले थपे ।

बागमती प्रदेश सचिव तथा अस्पतालकी निवर्तमान निर्देशक डा.सुमित्रा गौतमले लगातार तेस्रो पटक पनि देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएकोमा खुसि व्यक्त गरिन् । डा.गौतमले आफू सो अस्पतालमा आउनुपूर्व ३८ नम्बरमा सिमित रहेको स्मरण गरिन् । ‘म आएको एक वर्षमा ३८ बाट ८२ नम्बर ल्याएर देशकै उत्कृष्ट बनाउन सफल भइयो’ गौतमले थपिन् । आफूले अस्पताल छाडेर जाँदा पनि निरन्तरता पएको बताउँदै गौतमले भनिन्,“गरे के हुँदैन भन्ने ममा विश्वास सधैं रहन्छ, तर मलाई साथ दिने टिमको पनि मुख्य भूमिका रह्यो, अहिले डा.सुरेन्द्र भट्ट र मेरो टिमले त्यसलाई निरन्तरता दिन सफ भएकोमा थप खुसि छुँ ।”
“मलाई त्यो समयमा साथ, सहयोग र हौशला दिने सबैलाई हृदयदेखि आभार पनि व्यक्त गर्न छाहन्छुँ ।” गौतमले थपिन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रदीप ज्ञवालीले अस्पतालले निरन्तर प्रगती गर्दै गएको र बागमती प्रदेशको गौरवपर्ण संस्थाकारुपमा भक्तपुर अस्पतला भएकोमा खुसि व्यक्त गरे । यसको थप विकासका लागि प्रतिष्ठान अन्तरगत लग्न सकिने पनि ज्ञवालीले बताए ।

भक्तपुर प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले भक्तपुर जिल्लाकै मात्रै नभएर देशकै उत्कृष्ट अस्पतालकारुपमा विकास गर्दै गएको र भविष्यमा अन्तराष्ट्रिय स्तरको अस्पताल बन्ने आशा पलाएको बताए ।

डा.नरेन्द्र कुमार झाले अस्पतालले निरन्तर प्रगति पथलाई पकडिरहेको र विरामीहरुको भरोषाको केन्द्र बन्दै गएकोमा खुसि व्यक्त गर्दै, आगामी दिनमा पनि निरन्तारता पाउनेमा आशावादी रहेको बताए ।

एमएसएस टोली प्रमुख रोशनी तुइतुइले भक्तपुर अस्पताल लगातार उत्कृष्ट बन्दै गएकोले यो वर्ष आफ्नो मूल्याङ्कन टोलीले अझ बढी ध्यान दिएर अध्ययन तथा अनुसन्धान गर्दा अझ राम्रो सेवा पाएको बताईन् । नर्सिङ क्याम्पस बीर अस्पताल प्रमुखसमेत रहेकी तुइतुईले डा.सुमित्रा गौतमले आफ्नो कार्यकालमा बनाएका हरेक संयन्त्र थप प्रभावकारी बन्दै गएको र वर्तमान प्रमुख डा.सुरेन्द्र प्रसाद भट्टले पनि निरन्तरता दिएको आफूले पाएको बताईन् ।

एमएसएस टोली सदस्य तथा बीर अस्पताल ब.क.मेडिकल जनरलिष्ट डा.फणिन्द्र बरालले आफूले देशका धेरैवटा अस्पतालहरुको मूल्याङकन गर्दै आएको र भक्तपुर अस्पताल छुट्टै नमुना अस्पताल बनिरहेको पाएको बताए । “हामीले यो अस्पतालबाट धेरे कुराहरु सिक्ने मौका पनि पायौं” डा.बरालले थपे ।

स्वास्थ्य निर्देशनालय हेटौंडाका वरिष्ट मे.सु. डा.नबिन दर्नालले अस्पतालले दिनुपर्ने न्यूनतम सेवाहरुको बारेमा जानकारी दिदै अस्पतलाले निकै राम्रो कार्य गरेको बताए ।

अस्पतालका निर्देशक डा.सुरेन्द्र प्रसाद भट्टले आफूहरुले देशकै ‘उत्कृष्ट’ अस्पतालको सूचीमा दर्ज गराउन सफल भए पनि अझै धेरै गर्न बाँकी रहेको बताए । निवर्तमान प्रमुख डा.सुमित्रा गौतमले सुरुवात गरेका प्रभावकारी कामहरुको निरन्तरता दिइरहेको बताउँदै डा.भट्टले भने,“यस सफलता गोलकर्ता डा.सुमित्रा गौतम अहिले कोच भएर हामीलाई मार्गदर्शन गरिरहनु भएकोमा हामीमा थप हौशला बढेको छ ।” साथै सफलतामा साथ दिन अहोरत्र खट्ने अस्पतालका डाक्टर साब र विभिन्न तहमा रहनुहुने कर्मचारी साथिहरु, प्रदेश सरकार, भक्तपुर जिल्ला, नगरपालिका वडादेखि विभिन्न महानुभावहरुलाई विशेष धन्यबाद तथा आगामी दिनमा थप सहयोगको अपेक्षा गर्दर्छौं ।

सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, भक्तपुर जिल्ला समन्वय समिति प्रमुख इश्वर थापा, बीर अस्पतालका प्रमुख क.सर्जन प्राध्यापक डा.अनिप जोशी, न्यासनल ट्रमा सेन्टर ब.क.अर्थोपेडिक डा.सुदिप खनाल, मानसिक अस्पतालकी ब.अस्पताल नर्सिङ प्रशासक शुलिा डंगोल,मेथिकोट अस्पताल संचालक तथा व्यवस्थापन समितिका अध्यक्ष विष्णु खनाल, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा अध्यक्ष सुन्दर सिल्पकारलगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अतिथिलाई अस्पताल अध्यक्ष शशिजंग थापाले मायाको चिनो प्रदान गरेका थिए ।

अस्पतालकी नर्सिङ अधिकृत रोशनी श्रेष्ठले स्वागत मन्तब्य दिएक थिइन् ।
अस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य तथा भक्तपुर नगरपालिका वडा नं. ९ का सदस्य रबिन्द्र ज्वाख्वले अध्यक्षता गरेको कार्यक्रमलाई व्यवस्थापन अधिकृत प्रकृती आचार्यले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal