आज :

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित, काेकाे निर्वाचित भए ?

  • अनलाइन डबली

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सवैलाई धन्यवाद पनि दिए ।

नव निर्वाचित कार्यसमितिको नामावली यस प्रकार छ : अध्यक्ष महेशकुमार श्रेष्ठ, उपाध्यक्ष ६ जना निर्वाचित भएका छन् । जसमा सुनिल कुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोज कुमार श्रेष्ठ (गोर्खाली), विश्वास दीप लिम्बु (तिगेला), उपाध्यक्ष ( महिला) जुनु गुरुङ रहेका छन् ।

त्यसैगरी महासचिव बाबुराम (बीआर) लामा, तीनजना सचिमा चिन्तामणि सापकोटा, टङ्कप्रसाद गैरे र तिलक प्रसाद गैरे निर्वाचित भएका छन् भने सचिव (महिला) देवकी खत्री गुरुङ निर्विराेध निर्वाचित भएका छन् ।

संघकाे कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना, सह कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल निर्वाचित भएका छन् ।

त्यस्तै, महिला संयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली, ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद रहेका छन् ।

क्षेत्रीय उप संयोजकहर, एसिया प्रशान्त क्षेत्रीय दुइ उप संयोजकमा माधव पोखरेल र मीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीयकाे उप संयोजकमा सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप संयोजकमा विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उप संयोजकमा राम प्रसाद कँडेल र प्रताप राना रहेका छन् ।

निर्वाचन समितिले महाधिवेशन स्थलमा आज समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal