आज :

नेपाल स्काउटका निर्देशकको मनपरीतन्त्र, गाडी चढ्छन् इलेक्ट्रिक तर पेट्रोल र मोबिलको रकम बुझ्छन्

  • अनलाइन डबली

काठमाडौँ । पछिल्लो पटक निकै विवादित र बिथितिको घर बन्दै गएको नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले मनपरीतन्त्र चलाउँदै आएको तथ्य फेला परेको छ ।

नेपाल स्काउट निमावलीले तोकेभन्दा विभिन्न शिर्षकमा गरी निर्देशक भट्टराईले दश गुणाबढी रकम मासिक कुम्ल्याउँदै आएका छन् । यतिसम्मकी भट्टराईले ०२८ च ९६२४ नम्बरको इलेक्ट्रीक गाडी चढ्छन् तर मासिकरुपमा फ्युल र मोबिलको रकम बुझ्दै आएका छन् । यतिमात्रै होइन, गाडी आफै चलाउछन् तर ड्राइभरको मासिक तलब पनि आफै बुझ्छन् ।

नेपाल स्काउटका एक कर्मचारीले अनलाइन डबलीलाई दिएको जानकारीअनुसार भट्टराईले फ्युल शिर्षकमा मासिक १७ हजार १ सय, मोबिलको १ हजार १६६ रुपैयाँ बुझ्दै आएका छन् । त्यस्तै, गाडी आफै चलाउछन् तर ड्राईभरको तलब भन्दै ३३ हजार ३३९ रुपैयाँ मासिक बुझ्दै आएका छन् ।

नेपाल स्काउट निमावलीको दफा ७.४ (क) मा निर्देशकको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ । जसको १० नम्बर बुँदामा निर्देशकले मासिक तलब १६ हजार ५० रुपैयाँ पाउने व्यवस्था गरिएको छ । तर, भट्टराईले ५६ हजार ७८७ रुपैयाँ तलब, ग्रेड ५ हजार ६७९ गरी मासिक ६४ हजार ४६६ रुपैयाँ बुझ्दै आएका छन् । त्यस्तै, सामाजिक सुरक्षा कोषको लागि मासिक १२ हजार ४९३.२ रुपैयाँ पनि बुझेको कार्यालयको रेकर्डमा उल्लेख छ ।

स्वयम्सेवी संस्था भएकोले निर्देशकलाई निश्चित पारिश्रमिक तोकिएको एक अधिकारीले बताए । तर, उक्त निमावलीलाई धोती लाउँदै भट्टराईले आफूलाई पुग्नेगरी तलब खाइरहेका छन् । यो सरासर अख्तियारको दुरुपयोग ती कर्मचारीले बताए । भट्टराईले २०६६ असोज ८ गते निर्देशकको लागि भन्दै आवेदन फारम भरेका थिए । उनले हालसम्म यही तलब बुझ्दै आएको बताइएको छ ।

निर्देशकमा नियुक्ति पाएपछि भट्टराईले संस्थालाई एकपछि अर्को भारमाथि भार थप्दै आएका छन् । ‘उहाँ निर्देशक भएपछि संस्थाको ओरोलो र कुशासनको यात्रा सुरु भएको हो, अहिलेसम्म जारी छ, कहिलेसम्म मनपरीतन्त्र चल्ने हो थाहा छैन’ स्काउटका एक आयुक्तले भने । उनले यो सरासर अख्तियारको दुरुपयोग भएको बताए ।

भट्टराईले शक्तिकेन्द्रलाई खुशी पार्न माहिर मानिन्छन् । शक्तिकेन्द्रलाई प्रभावमा पार्ने र आफूलाई अनुकुल नभए प्रमुख आयुक्त र आयुक्तलाई विभिन्न आरोप लगाउँदै असहयोग गर्दै आएका छन् । जसका कारण संस्थामाथि प्रश्न उठ्दै आएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal