आज :

प्राकृतिक उपद्रोको सुचना दिने पर्व , पाहाँचह्रे र घोडेजात्रा

  • पदम श्रेष्ठ

 

      फोटो – बुद्ध शरण शाही 

प्राकृतिक उपद्रो र रोगको महामारी शुरू भयो है भन्ने संकेतस्वरूप चैत्र चतुर्दशीका दिन काठमाडौं उपत्यकामा पाहाँचह्रे मनाइन्छ । नेपालभाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो ।
पाहाचह्रे अघि हुरी–बतास रोगव्याधि शुरू हुनेहुँदा घरको छाना बाँध्ने, फोहोर ,साःगाःढल सफाइ गर्ने र आजु÷अजिमाद्यः(पुर्खा देवता) लाई समयबजी चिउरा, छोयला, माछाको थुप्रो चढाई पूजा गरिन्छ । देवीदेवतालाई राँगा, हाँस, कुखुरा, बोका बलिदिई लुकुमाद्यःपूजा गरी भोज खाईन्छ । यसदिन लुकुमाद्यःभन्दै फोहोरको ढल ( साःगाः) पुजिन्छ ।

किंवदन्तिअनुसार शनिग्रहले महादेवलाई छँुदै साढे सातको दशा आजदेखि हजुरलाई लाग्दै छ भनेछन्, महादेव धर्तीभित्रै साःगाःमा लुकी बसे । बाहिर आई शनिसंग भनेछन्– खै त तिमीले मलाई छुन सकेको ? शनिले हाँस्दै भने– मैले नछोएको भए साढे सात वर्षसम्म हजुर फोहोरमा बस्नुपथ्र्यो र ? शनिले जवाफ फर्काए । पाहाँचह्रेका दिन लुकुमाद्यः पूजा गर्नु धर्ती पूजा हो । घर, टोल, चोक फोहोर भएमा महामारी रोग फैलिने हुँदा लुकुमाद्यःको नाउँमा साःगाः सफाइ गरिन्छ । पाहाँचह्रे पूजामा तोरी र मूलाको फूलसहित को बिरुवा राख्नाले घरमा भूतप्रेत, दुष्टात्मा प्रवेशमा रोक लगाउँछ भने भोजमा लसुन, मूला खानाले रोगबाट बचाउँछ । पूजाको धूपको गाजल बनाई लगाउँदा धूलो आँखामा पर्दैन भनिन्छ ।

दुरु च्यां च्यां जात्रा (बत्सलेश्वरी आमा) ः
पशुपतिस्थित भुवनेश्वरीलाई अजिमाँहरूकी आमाका रूपमा लिइन्छ । त्यसैले पाहाँचह्रेको भोज बोलाउन चिल्ला(अष्टमी) का दिन दुरु च्यांच्यां बोलको दुन्दुभी बाजा बजाउँदै भुवनेश्वरीका पुजारी, पशुपतिनाथको आगमघरका भट्ट पुजारी,चार भण्डारीमध्येका एक जना सानो खटमा शिवलिङ्ग राखी छोरी देवताहरूलाई निमन्त्रणा गर्ने गर्छन् । यसै बीच उपत्यकामा नक्साल भगवती , तखती अजिमा, लुँचु लुभुँ अजिमाँ, न्हायकंतला अजिमा, कङग कजिमाँ, न्यतमरु अजिमाँ, लुमरी अजिमाँ (वंतु र तेबा खट) र प्यङगः थां नरसिंह आजुको भव्य जात्रा हुने गर्दछ । दुन्दुभी बाजाको बोल दुरु च्यां च्यां कै कारण जात्राको नाउँ नै बोल बन्न गएको हो भने छोरीलाई निमन्त्रणा गर्न पशुपति महादेव सानो शिव मुर्तिका साथ बछलामाजु (भुवनेश्वरी)को प्रतिकृतिस्वरूप खटजात्रा गर्दै देवपाटन (ग्वल)को लगंलाछी पाचुत्वा, सिफल, मालिगाउँ, नक्साल, नागपोखरी, हात्तीसार, जमल, कमलपोखरी हुँदै असन जनबहाल, इन्द्रचोक, मरु,चिकंमुगल न्हुँघ लगन, टेकुदोभान पचलीभैरवमा विशेष भोग बलि पूजा गरिन्छ । त्यहाँबाट लगन, ब्रम्हटोल, ह्यूमत, जैशीदेग, क्वहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, त्यङ्गल, मलाछी ,कमलपोखरी,ज्ञानेश्वरहुँदै पशुपति पु¥याइन्छ । शीतलाष्टमी भनिने दुरु च्यांच्यां जात्रा पाहाँचह्रे आउन लाग्यो एक हप्ता बाँकी भन्ने सूचना दिने पर्वका रूपमा लिइन्छ । जुन निमन्त्रणा पर्व मङगलबार शुरु भएको छ ।

 

घोडेजात्रा
आपत, विपत, रोगव्याधि घोडा दौडिएझैं आउँछ ।
अनि दुष्टात्मालाई पन्छाउन सेतो
वायुपङ्खी घोडाले भूमिका खेल्छ भन्ने मान्यता पाइन्छ ।
यही मान्यतालाई पाहाँचह्रेको
भोलिपल्ट काठमाडौं र पाटनको टुँडिखेलमा घोडादौड
जात्रा प्रदर्शन गर्ने परम्परा छ ।
मल्लाकालदेखिको घोडेजात्राले दुष्टात्मा र प्राकृतिक उपद्रव शान्त हुन्छ भन्ने मान्यताअनुसार काठमाडौंको टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्रीको उपस्थितिमा फूलपाती बढाइँका साथ घोडा दौड प्रतियोगिता गराइन्छ । पाटनको भोलाख्यो बालकुमारीमा रक्सी खुवाएको एकमात्र घोडा कुदाईन्छ । राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव हुँदा ने.सं.७८७ तिर पाटनमा एक्लो घोडा कुदाउन थालिएको बताइन्छ । आफ्ना जनताले काठमाडौं जानु नपरोस् भनि भोलाख्यो बालकुमारीमा एक्लो घोडा कुदाई मनोरञ्जन गर्न थालिएको हो । यस दिन काठमाडौं उपत्यकाका सर्वजातका केटाकेटीलाई एउटै लहरमा राखी मलजा ( सुकेको पातमा बेसार भात,गेडागुडी,,जाँड,रक्सी,दूध सलिचामा राखी ) खुवाईन्छ । यसरी मलजा खुवाउनाले केटाकेटीलाई रोग लाग्नबाट बचाउँछ भन्ने विश्वास गरिन्छ ।
असंभलु (अन्नपूर्ण) अजिमा जात्राः
असन अन्नपूर्ण (असंभलु) स्थलमा प्रत्येक वर्ष पाहाँचह्रे ( घोडेजात्रा ) का बेला चैत्रकृष्ण औंसीका दिन अष्टमातृका दिदी–बहिनी भेट्ने खटजात्रा जुधाइन्छ । असन अन्नपूर्ण अजिमाअगाडि टेबहालकी लुभडी अजिमा र वटुखट, कङकेश्वरीको कङ्ग अजिमाँ जुदाए पनि नरदेवीकी ङेतमरु अजिमा, टंकेश्वरकी तखती अजिमा, मैतीदेवीकी मैती अजिमा, नयाँ बजारकी म्हेपी अजिमा र बाङ्गेमुढाकी न्हेकन्तला अजिमाको छुट्टै जात्रा हुन्छ । यी दिदी–बहिनीमध्ये क्षेत्रपाटीकी लुतीमरु अजिमा (इन्द्रायणी) खटजात्रा भने बालाचतुर्दशीका दिन हुन्छ । असन चोक पूरै धातुरागमा बजाइने क्वँचाखी,ं पश्चिमा, दापाखीं जस्ता बाजाको तालमा खटजात्रा भइरहँदा झ्याल–झ्यालबाट भक्तजनहरूले सुगन, रोटी, चट्टामरी र लोचामरी वर्षाएको देख्दा लाग्छ असन सहकाल अन्नपूर्णको केन्द्र नै हो । चैत्रशुक्ल प्रतिपदाका दिन देखि नयाँ वर्ष शक संवत् परिवर्तन हुने हुँदा असन माछा देवता गणेश डबलीमा ज्योतिषी बसी वर्षको शुभ–अशुभको चिना हेर्ने र देवीदेवताको खटजात्रा गर्ने कथन छ । असंमरु अजिमा जात्राबारे कथन अनुसार एक जना ग्वाला जमाचोदेखि म्हेपी हुँदै गाई चराउँदै असन पुग्दा एउटी सुन्दरीलाई पञ्जपुखु (रानीपोखरी ) मा नुहाएर कपाल सुकाइरहेको देखेछन् । सुन्दरीको यौवनमा अकषर््िात हुँदै ग्वाला अगाडि पुग्दा देवी अलप भई भनिछन्–‘म योगाम्बर ज्ञानेश्वरी म्हेपीकी अर्धाङ्गिनी अन्नपूर्ण हुँ ।’उनै ग्वालाका वंशजले क्षमापुजा गरी पूर्णकलशसहित असँभलु अजिमा प्रतिष्ठापित गराए भन्ने गरिएको छ ।
पाहाँचह्रे धमाथु जात्राः
पाहाँचह्रेका दिनदेखि शुरू हुने धमाथु (धर्मस्थली)्रे जात्रामा पीठखट जुधाउँदै शुभकामना आदानप्रदान गरिन्छ । लाछी टोलमा इन्द्रका३२ हाते ढुंगेस्तम्भ खडा गरी थालिने जात्रामा महांकाल, पिङला अजिमा र तीनवटा गणेश समेत ५ खटको भव्य जात्रा हुने गर्दछ । पाहाँचह्रेका दिन छोरी–चेलीलाई पाहुना बोलाएर मीठो–मसिनो खुवाई घर जानका लागि केही बेर रोक्ने संस्कारसँग यो जात्रा जोडिएको छ । पाहाँचह्रेको भोलिपल्ट घोडेजात्राको दिन देवदेवीका खटलाई लाछीमा बजार घुमाइन्छ भने तेस्रो दिन चैत्रशुक्ल द्वितीयाका दिन मुजात्रा राति गरिन्छ । चतुर्थीका दिन सुल नाममा विश्राम भएपनि स्थानीयले सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन प्रस्तुत गर्ने परम्परा छ । लिच्छविकालीन राजा धर्मदेवद्वारा स्थापित धर्मस्थली बालाजु बाइपासबाट करिब ७ किमि दक्षिण–पश्चिमको बस्ती हो ।

ईचङ्गु महालक्ष्मी जात्रा ः
राजा हरिदत्त बर्माद्वारा स्थापित हल्चोकको इचङ्गुनारायणस्थानमा मनाइने महालक्ष्मी जात्रा घोडेजात्राका दिन खटजात्रा गरी मनाइन्छ । यसका लागि पाहाँचह्रेका दिन द्यःछेबाट महालक्ष्मी देवताको मूर्ति खट निकाली गणेशसहित इचङ्गु नारायणको दक्षिण कुनामा अवस्थित पीठमा प्रतिष्ठापित गराइन्छ । यस दिन दशा हटाउने नाउँमा साँझ देवस्थलमा आगो बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट चिल्लागा औंसीको दिन महालक्ष्मी देवीलाई हाँस, राँगा, बोका आदि बलि दिई अबिर यात्रा गरिन्छ । महालक्ष्मी÷गणेश खट बोक्नेहरूले जुत्ता लगाउन हुँदैन भन्ने मान्यतानुसार खाली खुट्टा नायखीं दाफा बाजाको तालमा खटजात्रा हल्चोक आकाश भैरव, चिसापानी, रामकोट, भीमढुंगा टाँफिकलसम्म पूजा थाप्न जाने परम्परा छ । यसै दिन इष्टमित्र, आफन्तलाई भोज बोलाईन्छ । चण्डिपुर्णिमाको दिन
ल्हुती पूर्णिमापरमनाथ याङा गुरु याके
आज्ञा फोनभवानीया चरणसं
चिनातःस चोनेचष्टिकाया महात्तम डेन ल्हाय् आवः
जस्ता चण्डेश्वरी ँपरमनाम’ स्तोत्र पढ्दै धनेश्वर महादेव (चण्डेश्वरी मन्दिरअगाडिको महादेव)को पनि सँगसँगै जात्रा हुने गर्दछ । भोछीभोेय श्रेष्ठ समुदायको संलग्नतामा हुने चण्डेश्वरी जात्रासँगै धनेश्वर महादेव जात्राबारे अर्को एउटा आख्यान छ । चण्डासुर राक्षसले देवीलाई अनेक तरहले दुःख दिन थालेछन् । यसबाट रिसाएका चण्डेश्वरीले जथाभावी राक्षसको वध गर्दै हिँड्दा रिस शान्त गर्न बाटोमा सुतिरहेका महादेवलाई समेत नदेखेपछि – कुल्चन पुगेछन् । यही दिनको स्मरणमा चण्डेश्वरी मन्दिरअगाडि महादेवको मन्दिर बनाई जात्रा चलाएको बताइन्छ । भोछीभोय श्रेष्ठ खलकभित्रका चाकु बजी लाखे, धुँ यी चारै उपथरहरु चण्डेश्वरी जात्रामा ललितपुरको हरिसिद्धिवासी जानुहुँदैन भन्ने परम्परा छ । चण्डेश्वरी देवताका यी नै चार खलक हरिसिद्धिदेवीले खाइदिएका कारण जलमी बासिन्दा यहाँ जानुहुँदैन भनिए
(१) चण्डेश्वरी जात्रा शुरू बाहा ः भोछीमोय श्रेष्ठ खलकले बछलाथ्व अष्टमीका दिन विधिवत् पूजा गर्ने र खड्गी समुदायले नायखिं बजाउँदै सूचना दिने गरिन्छ । जात्राको बेला विघ्न–बाधा नआओस् भनी बौ ह्वलेगु गरिन्छ । भोछीमोय खलकले जात्राभर छालाको जुत्ता लगाउने, छाता ओढ्ने र घोडा चढ्ने गर्नुहुँदैन ।
(२) लिगो गाढ्नेः जात्राको एक हप्ताअघि मानन्धर खलकले भक्तपुरको सल्लाघारीमा रक्सी खुवाएको बोकालाई विधिवत् छाड्ने र बोकाले जुन रुख छुन्छ त्यो बलि दिई बनेपा लाछीमा लिङ्गो ठड्याएर जात्रा शुरू गर्दछन् ।
(३) द्यो कुहां विज्याकेगु ः पूर्णिमाको चार दिनअघि देवतालाई द्योछेंबाट तल ल्याइन्छ र देवताको गहना जाँच गरिन्छ । द्वारे पुजारी र भोछीभोय तीन ताल्चा हुन्छ । गहना ल्याउँदा–लाँदा नायखिं भुस्या बजाइन्छ ।
(४) खड्ग पूजा ः चैत्र चतुर्दशीको साँझ तःगुथीबाट राजाको खड्गराखि लायकू पूजा बोका बलिदिई भोज हुन्छ ।
समष्टिगत रुपमा भन्नुपर्दा पाहाँचह«े घोडेजात्रा विशुद्ध प्राकृतिक पर्वका रुपमा मनाईन्छ भने रोग व्याधि हावाहुरीबाट देशबासीलाई बचाउन नजिकका परिवारजनलाई बोलाई भोजखाने गरिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal