आज :

क्रिप्टोकरेन्सीका पाँचवटा जोखिमहरु

  • अनलाइन डबली

काठमाडौं । प्रतिबन्धित भएर पनि दिनदिनै करोबार बढिरहेको क्रिप्टोकरेन्सीको कारोबार बढिरहेकाे छ । क्रिप्टोकरेन्सीले नेपाली मुद्रालाई विस्थापित गरेर आर्थिक संकट आउन सक्ने भन्दै सरकारले प्रतिबन्ध गरेको छ ।

कोइनडेस्क नामक बेवसाइटलाई उदृत गर्दै विविसी नेपालीले कोइनडेस्क २०२२ को ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सनको आधारमा नेपालमा १६ औं स्थानमा पुगेको जनाएको छ । युके र इण्डोनेशिया जस्ता देशहरुभन्दा पनि नेपाल माथि छ ।

नेपाल राष्ट्र बैंकले विस २०७४ सालमा नै क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अवैध घोषणा गरेको हो । बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न सूचना जारी गर्दै आएको छ।

त्यस्तै गत साता नेपाल दुरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिदै क्रिप्टोकरेन्सी तथा अनलाईन कारोबार गर्ने खालको वेवसाइट बन्द गर्न भनेको छ । तर, पनि करोबार बढिरहेको छ ।

क्रिप्टोकरेन्सीका जोखिमहरुः 

पहिलोः क्रिप्टो मुद्राको सबैभन्दा ठूलो जोखिम भनेकोक यसको कुनै भौतिक अस्तित्व छैन । नोट र सिक्सा जस्तो अस्तित्वमा नभएकोले जोखिम मानिएको हो । यसको न त कुनै बैंक खाता वा पासबुक जारी गर्न सकिन्छ।

दोस्रोः क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्न कुनै देश, सरकार वा संस्था छैन, जसको कारण यसको मूल्यमा ठूलो उछाल हुन्छ, कहिलेकाँही ठूलो गिरावट, जसको कारण क्रिप्टो मुद्रामा लगानी गर्नु जोखिमपूर्ण हो।

तेस्रोः क्रिप्टोकरेन्सीको प्रयोग अपराधिक कार्यमा प्रयोग हुन सक्छ । दुई व्यक्तिबीच करोबार गर्न सकिने भएकोले अवैध हतियार, लागुऔषध किनमेल र कालो बजारी जस्ता गलत कार्यहरूको लागि प्रयोग गर्न सकिन्छ । यसले राज्यलाई चुनौती पनि थप्न सक्छ ।

चौथाः यो करोबार ह्याक हुन सक्ने सम्भावना बढी हुन्छ । कुनै राज्य र संस्थाको सुरक्षा नभएको र डिजिटल करोबार हुने भएकोले ह्याकरले कुनैबेला पनि ह्याक गर्न सक्ने जोखिम छ ।

पाँचौंः यसको अर्को ज‍ोखिम भनेको लेनदेनमा गल्ती भयो भने आफ्नो पैसा फिर्ता हुँदैन । सानो गल्तीले पनि ठूलो जोखिम निम्तिन सक्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal