आज :

बाजुरा अस्पतालमा जिवनजल अभाव हुँदा विरामीलाई सास्ती

  • अनलाइन डबली

बाजुरा । जिल्ला अस्पताल बाजुरामा महिनौँ देखि जिवनजलको अभाव हुँदा विरामीलाई सास्ती भएको छ । असोज पहिलो साताबाट सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न सकेको छैन् ।

झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल)को अभाव हुँदा विरामीहरुलाई सास्ती हुने गरेको छ । निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनौँ देखि समस्यामा परेका छन् ।

झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा  बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् ।

अस्पतालमा लामोसमयसम्म जिवनजल नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए ।अस्पतालमा जिवनजल नहुँदा बिरामीहरुले बाहिर मेडिकलबाट महङ्गोमा किनेर लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

जतिसक्दो चाँडो जिवनजल आपुर्ती गरेको खण्डमा आफू जस्तैः अन्य विरामीलाई सहज हुने उनले बताएका छन् । यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाई हुँदा जिवनजल समयमै उपलब्ध हुन नसकेको बताएका छन् ।

जिवनजल खरिदको लागी टेन्डर खुलिसकेको र एक दुई दिनमै मुल्यांकन समितिबाट मुल्यांकन गरि कुन कम्पनीको टेन्डर पर्याे उक्त कम्पनीलाई सम्झौता अनुसार काम गर्न लगाई खरिद प्रक्रिया गरिने बताएका छन् । कार्तिक महिना भित्रै जिवनजल खरिद गरिने उनको भनाइ छ ।

औषधि खरिदका लागि बजेटको पनि अभाव हुने गरेको अस्पतालले जनाएको छ। सरकारले निः शुल्क औंषधी वितरणको लागी कम रकम दिने हुँदा रकम अभावले नै औंषधी खरिदमा समस्या हुने गरेको हो । यस आर्थिक बर्षमा ९८ प्रकारका निः शुल्क औंषधीको लागी २६ लाख रकम हालेको भए पनि उक्त रकमले औंषधी खरिदमा अपुग हुने गरेको अस्पताल जनाएको छ ।

जिवनजल अभाब हुदा झाडापखाला र जलवियोजनका बिरामीले जिवनजल निजि अस्पताल बाट किनेर खानुपर्ने बाध्यता छ । अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क बिरामीलाई दिनुपर्ने रहेको छ । निःशुल्क औषधि अन्तर्गत जिवनजल अति आबश्यक पर्ने अन्तर्गत  पर्ने गरेको छ । तर अस्पताल बाजुरामा महिनौ सम्म पनि जिवनजल नहुदाँ झाडापखालाका विरामीलाई समस्या हुँदै आएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal