आज :

गएराती देखिको वर्षाले खेतको धान भिज्यो, कृषकहरू चिन्तित

  • अनलाइन डबली

बर्दिया । बर्दिया लगायत आसपासका क्षेत्रमा गएराती देखि पानी परेपछि खेतमा धान भिजेको छ । काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि कृषकहरू चिन्तित भएका छन् ।

मोटा र सुख्खा खेतमा छिटो फल्ने धान कृषकले करिब करिब भित्र्याएपनि गहिरो खेतमा ढिलो पाक्ने धान भिजेको छ । विउ र मलको अभाव भएपनि धान उत्पादन गरेका किसानहरू भित्र्याउने समयमा धान भिजेको छ ।

धान खेतमै भिजेपछि नोक्सान भएको भन्दै लामो समय घाम नलागी भिजिरहेमा धान उम्रिने सम्भावना भएको मधुवन नगरपालिका वडा ७ प्रगतीबजारकी कृषक शान्ती अधिकारीले बताइन् ।

उनले भने, ‘पानी पर्दैन होला भनेर धान काटियो अहिले काटेर सुकाएको निहिन मै धान भिजेको छ लगातार पानी पर्यो भने धान खेतमै उम्रन्छ होला ।’

विशेषगरि मध्यम र मसिनो धान ढिलो पाक्ने गदर्छ । अहिले काटिरहेको र काट्न तयार भएको धान मध्यम र मसिनो धान हो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सुचना अधिकारीका अनुसार अझैपनि बर्दियामा ३५ प्रतिशत धान भित्र्याउन बाँकी रहेको छ । केही धान कटान गरेर निहिनमा सुकाईएको उनले बताइन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal