आज :

कांग्रेसले ओली सरकारमा गएर ठुलो गल्ती गर्याेः हितबहादुर तामाङ

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको बताए ।

मंगलबार काठमाडाैँमा आयोजना गरेको ‘संसद् पुनस्र्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि २३ गते कांग्रेसले समर्थन फिर्ता लिएको भए सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना हुनेमा केपी ओलीको ब्ल्याकमेलिङमा परेर शेरबहादुर देउवाले प्रधानमन्त्री हुने मौका गुमाएको बताए ।

उनले भने,‘यदि प्रचण्ड नेतृत्वको सरकारलाई यथावत राख्ने हो भने आरजु देउवा पनि थुनिने डर भयो र अरु–अरु नेताहरु पनि थुनिने डर भयो । त्यसकारण उहाँहरुलाई थुन्न दिने हो कि मेरो नेतृत्वको सरकारलाई समर्थन गर्ने हो भनेर उहाँहरुले ब्ल्याकमेलिङ गर्नुभयो । त्यो ब्ल्याकमेलिङको कारणले गर्दा उहाँहरु सरकारमा जानुभयो । जब २३ गते १९ जना विद्यार्थीहरुको ज्यान गइसकेपछि उहाँहरुले सरकारलाई दिएको समर्थनमात्रै फिर्ता गर्नुभएको भए शेरबहादुर देउवाजीको त्यो हालत हुँदैन थियो।’

नेता तामाङले अब माओवादी केन्द्रले निर्वाचनको विकल्प नदेखेको पनि बताए । तर, सरकारले चुनाव निष्पक्ष हुने, नागरिकहरुले स्वतन्त्र ढंगले निर्वाचनमा भाग लिन पाउने र निर्वाचन शान्तिपूर्ण हुने कुरा नागरिक समाज र राजनीतिक दललाई विश्वास दिलाउन सक्नुपर्ने बताए । अहिलेको अवस्थामा चुनावको लागि विश्वस्त वातावरण बनिनसकेको उनको भनाइ छ ।

‘चुनावको निमित्त राजनीतिक दल र नागरिक समाजलाई विश्वस्त तुल्याउनुपर्छ । चुनाव निष्पक्ष हुन्छ, स्वतन्त्र ढंगले नागरिकहरुले निर्वाचनमा भाग लिन पाउँछन् र निर्वाचन शान्तिपूर्ण ढंगले हुन्छ भन्ने कुरा राज्यको संयन्त्रलाई पनि त्यो विश्वास हुनुपर्यो । राजनीतिक दल, नागरिक समाज र अहिलेको नयाँ सन्दर्भमा जेन–जीलाई पनि त्यो लाग्नुपर्छ।’ उनले भने, ‘चुनावको विकल्प त छैन, किनभने संसद् विघटन गरिसकिएको छ ।

संसद् नभएपछि तोकिएको मितिभित्र निर्वाचन नगरीकन हुँदैन । त्यसको निमित्त हामी जुनसुकै परिस्थितिको सामना गरेर, राज्यलाई जुनसुकै सहयोग गर्नुपर्छ भने पनि गरेर निर्वाचनमा जानुपर्छ भनेर माओवादी केन्द्रले भनिराखेको छ । तर, विश्वस्त वातावरण निर्माण हुन सकेको छैन ।’
जेन–जीहरुले प्रश्न उठाइरहेका मान्छेहरुलाई कारबाहीको दायरामा नल्याइएको, अनुसन्धान पनि नभएको, सुरक्षाकर्मीहरुको हतियार खोसिएको, भागेका कैदीबन्दीलाई नियन्त्रणमा नलिइएको अवस्थामा निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय पैदा भएको उनले बताए । जेन–जीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी भनिराखेको र उक्त कुरा माओवादीले २० वर्ष पहिलादेखि भन्दै आएको पनि नेता तामाङले बताए । संसद्बाटै यो कुरालाई संवैधानिक हिसाबले हल गरेर संसद् भंग गर्नुपर्नेमा जेन–जीहरुको आन्दोलन हाइज्याक भएर हतारमा संसद् विघटन गरिएको उनले बताए ।

नेता तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको निमित्त गोलमेच सम्मेलन गरेर संसद् व्यूँत्याएर त्यसपछि संविधान संशोधन गर्नुपर्ने धारणा राखे । उनले त्यसको निमित्त माओवादी केन्द्र तयार रहेको उनले बताए । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निमित्त संवैधानिक संवैधानिक व्यवस्था गरेर बरु तुरुन्तै संसद् विघटन गर्ने एजेण्डाको सुनिश्चिततासहित गोलमेच सम्मेलनको आयोजना गर्ने हो भने त्यो राम्रो हुन्छ,’ उनले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जेन–जी आन्दोलन भएको,७६ जनाले ज्यान गुमाएको र खर्बौंको क्षति भएको उनको आरोप छ ।

भदौ २३ गतेको जेन–जी आन्दोलनमा २३ जना अवोध विद्यार्थीको हत्या भइसकेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर ठूला गल्ती गरेको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal