आज :

कञ्चन बन्दै बागमती (फोटो फिचर)

  • पवित्रा दाहाल

काठमाडौं । हरेक शनिबार बिहान २ घण्टा चल्ने बगमती सरसफाई अभियानले अहिले झण्डै १० बर्ष पछि आहा कति सफा भन्न लायक बन्दै गएको छ । २०७० साल जेठ ५ गतेबाट सुरु भएको यो अभियान आज २०७९ पुस २३ गते शनिबार गैरिघाटमा ५०४ औं हप्ता सम्पन्न भएको छ ।


अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निरन्तर चलाईरहेको यो नदी सफाई अभियानले देशब्यापी रुप लिन थालेको पनि देखिन्छ । राजधानीका अन्य नदीहरु विष्णुमति, धोविखोला, मनोहरा, टुकुचाहरुमा मात्रै सिमित नभएर देशका विभिन्न सहरहरुमा पनि सफाईको कार्य सुरु भएको बगमती सफाई अभियान्ताहरु बताउँछन् ।

 

शनिबार गौरीघाट गुहेश्वरीमा ५ सय ४ औं हप्ता सफाई अभियानमा सहभागी तथा यसका सुरुवातकर्ता नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेलले १० वर्ष अघिको बागमतीको अवस्था र अहिलेकोमा निकै फरक भइसकेको बताए । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्दब प्रसाद तिमल्सिना हरेक हप्ता झैं आज पनि बगमती सफाईमा जुट्दै भन्दै थिए आहा कति सफा ! अब केहि समय पछि पौडि खेल्न र नुहाउन लायक बनाउँछौं ।

सुरुवाती समयदेखि निरन्तर खटिंदै आएका नेपाल सरकार सेवानिवृत्त गोविन्द काफ्लेले आफूहरुको मेहनत र श्रमदानले राम्रो परिणाम निकालेकोमा हर्षित हुँदै भन्दै थिए,“यो अभियानको सिको देशैभर हुँदै छ ।” रेडियो नेपालका प्रमुखबाट सेवा निवृत्त अर्का अभियान्ता रामशरण कार्कीले बागमती अभियानलाई नमुना अभियान बनाउँने चाहनाले सफलता लिँदै गएको बताए । त्यसैगरी बागमती फोहोर उन्मुलन नमुना उपभोक्ता समाजका उपभोक्ता, अर्की अभियान्ता चम्पा कार्की, लगायतका सयौं अभियान्ताले बागमती सफा पारेरै छाड्ने बताए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal