
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरेको छ । सांसदको शपथपछि बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।
त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेता बनाउने निर्णय गरेको थियो ।
त्यसैगरी दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन् । दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाउने माओवादी केन्द्रले जनाएकाे छ ।
माओवादी केन्द्रबाट राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् ।