आज :

माओवादी देशको अभिभावक भएकोले अबको नेतृत्व प्रचण्डः गुरुङ

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशको अभिभावक र परिवर्तनको संवाहक जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दल तथा नेताहरु नै भएको बताएका छन् । उनले अबको नेतृत्व पनि तिनै दल तथा नेतृत्वले गर्नुपर्ने धारणा राखे ।

शुक्रबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव गुरुङले शान्ति प्रक्रियामार्फत दलहरु अहिलेको अवस्थाम पुगेको बताउँदै गुरुङले विचार र सिद्धान्त तथा परिवर्तनको मुख्य बहाक भएकोले माओवादी देशको अभिभावक भएको बताए । उनले शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता भएकोले अबको नेतृत्व प्रचण्डको हुनुपर्ने समेत दाबी गरे ।

कार्यक्रममा गुरुङले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठेको बताएका छन् । चुनावको परिणामले दलहरुबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने बताउँदै गुरुङले दलहरुबीच समझदारी आवश्यक रहेको बताए ।

दलहरुबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने गुरुङले दाबी समेत गरे । “अहिलेको चुनावले केही नयाँ संकेत गरेको छ, नयाँ दलहरुको मिसन र भिजन प्रष्ट भइसकेको छैन । उनीहरु कतातिरको बाटोमा हिड्ने हुन् हेर्न बाँकी छ तरपनि प्रणालीमाथि केही प्रश्न उठेका छन् । दल र नेताहरुले गम्भीरतापूर्वक त्यसको जवाफ नदिए देश अफगानिस्तान र युक्रेन नहोला भन्न सकिँदैन” गुरुङले भने ।

राष्ट्रिय स्वधिनताको सवाल गम्भीर भएर आएको भन्दै त्यसमा प्रतिवद्धताका आधारमा गुरुङले आफूहरुको सहकार्य हुने बताए ।
महासचिव गुरुङले देशको अभिभावक तथा अहिलेको परिवर्तनको संवाहक जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दल र नेताहरु भएको बताए । उनले शान्तिप्रक्रियामार्फत अहिलेको अवस्थामा दलहरु पुगेको बताए । उनले भने, “जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दलहरु देशका अभिभावक हुन् । मुख्यगरी विचार र सिद्धान्त र अहिलेको परितर्वनको हिसाबले माओवादी देशको अभिभावक हो । यो जिम्मेवारीबाट पछि हट्नु हुँदैन । शान्तिप्रक्रियाका हस्ताक्षरकर्ता भएकोले प्रचण्डले अबको सरकारको नेतृत्व गर्नुपर्छ ।”

विश्वमै कम्युनिस्ट आन्दोलन कमजोर भएको बेला नेपालमा त्यसको प्रभाव चुनावमा पनि देखिएको गुरुङले बताए । उनले आफूहरुले नयाँ परिस्थितिमा पार्टी निर्माण र जनतासँग जोडिने विषयमा कमजोरीका कारण चुनावको परिणाम आएको बताए । पार्टीले चुनावको गम्भीर समिक्षा गरेर अगाडि बढ्ने बताए ।

एक अर्को प्रसंगमा गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्र प्रमुख बनाउनु व्यवस्थाको विरुद्धमा हुने बताए । गुरुङले भने, “केही दिनयता संचारमाध्यमहरुमा गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने हल्ला चलेको छ । यो यादि सत्य हो भने घुडा टेकुवा प्रवृति हो । यो अहिलेको व्यवस्थाबाट विचलन भएर निर्दलीय व्यवस्थामा जाने कुरा हो । यसलाई मान्न सकिँदैन । दलीय व्यवस्थामा देशको नेतृत्वकर्ता नेताहरु नै हुन् । उनीहरुको विकल्प खोज्नु घातक हुन्छ ।”

कार्यक्रममा हुम्लाबाट हालै सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा, प्रदेशसभा सदस्य रणसिंह परियार, जुम्कित लामा कार्की विजया बोहोरा र प्रदेशसभा सदस्य कलबहादुर हमाललाई बधाई तथा सम्मान गरिएको थियो ।

प्रतिनिधिसभा सदस्य लामा, प्रदेशसभा सदस्य परियार र हमलाले आफहरुले जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal